काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको अनशन स्थगित भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्नका लागि आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएपछि डा. केसीले अनशन स्थगित गरेका हुन् ।

बुधबार भएको वार्तामा सरकार अध्यादेशमार्फत चिकित्सा शिक्षा ऐन ल्याउन तयार भएपछि केसी अनशन स्थगित गर्न तयार भएका हुन् ।

मध्यम र निम्न मध्यम वर्गका सबै नेपालीहरुका लागि सम्पूर्ण स्वास्थ्य उपचार र सम्पूर्ण विद्यार्थीहरुका लाग शिक्षा गुणस्तरीय, निशुल्क वा सस्तो र सर्वसुलभ गर्ने सम्बन्धमा कतिपय विषयबस्तु राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा समाविष्ट गरिएको हुँदा यस सम्बन्धी थप विषयबस्तु नियमावली तथा निर्देशिकामा समेत समावेश गर्ने सहमति पनि भएको छ ।

सरकार र केसी पक्षबीच १० बुँदे सहमति भएको थियो । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको टेलिफोन वार्तामा पनि केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।

सहमतिपत्रमा आईओएमको शुल्क घटाउने, काठमाडौं विश्वविद्यालयमा भएको मेडिकल शिक्षासम्बन्धी अनियमितताको अध्ययन गरी दोषीलाई कारवाही गर्ने लगायतका बुँदा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah