काठमाण्डौ । नेपाली कांग्रेसले आगामी मंसिरमा हुने चुनावका लागि आफ्ना शीर्ष नेताहरुको उम्मेद्वारी टुंग्याएको छ ।
कांग्रेसका अधिकांश शीर्ष नेताहरु पुरानै ठाउँबाट चुनाव लड्ने निर्णय गर्दै उम्मेद्वारीलाई टुंग्याएको हो ।
सो पार्टीले सभापति शेरबहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला,प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेताहरुको चुनावी क्षेत्र समेत टुंग्याएको छ ।
सभापति देउवाले आफ्नो पुरानो क्षेत्र डडेल्धुराबाटै चुनाव लड्ने भएका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल पनि तनहुँबाटै लड्न भएका छन् ।
कुन नेता कहाँबाट लड्ने भए ?
अधिकांश नेताहरु पुरानै क्षेत्रबाट लड्ने निधो भएसँगै कुन नेता कहाँबाट लड्दैछन भन्ने सुची समेत प्राप्त भएको छ । काठमाण्डौबाट चुनाव लड्दै आएका कांग्रेसका सबै नेताहरुले आफ्ना पुरानो क्षेत्रनै पक्रिएका छन् ।
युवा नेता गगन थापा, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, राजेन्द्र जोशी, दीपक कुइँकेल काठमाण्डौबाटै चुनाव लड्दैछन् । त्यस्तै, प्रकाशमानसिंहले पनि काठमाण्डौबाटै चुनाव लड्ने छन् ।
त्यस्तै, पार्टी महामन्त्री शशांक कोइरालाले पनि पुरानै क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । उनको निर्वाचन क्षेत्र नवलपरासी हो । त्यस्तै,नेता शेखर कोइराला मोरङ, मिनेन्द्र रिजाल मोरङ, गोपालमान श्रेष्ठ स्याङजा, ज्ञानेन्द्रबहादुर कार्की सुनसरीबाट चुनाव लड्ने भएका छन् ।
त्यस्तै,मीन विश्वकर्मा सुनसरी, विश्वप्रकाश शर्मा झापा, विमलेन्द्र निधि धनुषा, रामशरण महत र अर्जुननरसिंह केसी नुवाकोटबाट चुनाव लड्ने भएका छन् ।
कांग्रेसका अन्य अधिकांश नेताहरुले पनि पुरानै चुनाव क्षेत्र रोजेको कांग्रेस निकट श्रोतले बताएको छ ।



