पूर्णप्रसाद मिश्र । काठमाडौँ, २ कात्तिक (रासस) । स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ ।

रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाउनुभयो । सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक ग¥यो ।

इन्टरनेशनल कार्डियोलोजी एसोसिएसन, भारतका अध्यक्ष डा शान्तिलाल साहले भैँसीको दूधमा ‘लोङ्चन फ्याट’ बढी भई नशा जमेर अवरुद्ध हुँदा हृदयाघातका समस्या देखापरेकाले गाईको दूध हृदय रोगीका लागि बरदान सावित हुने अनुसन्धानबाट पुष्टि गर्नुभएको छ ।

अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको स्थानीय गाईको अध्ययनमा लाग्नुभएका गोव्रती योगी सोमराज बताउनुहुन्छ । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।

गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फरमलडिहाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पु¥याउँछ भने इथिलिन अक्साइड र फरमलडीहाइड ग्यासले पर्यावरणमा नकारात्मक असर पु¥याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ । यसैले गर्दा गाईको घ्यूको महत्व छ ।

राष्ट्रिय जनावर गाईमाथिको आक्रमण बढिरहेका बेला स्थानीय जातका गाईको संरक्षणका लागि नेपालमा बृहत् अभियान शुरु गरिएको छ । सरकारले जर्सी गाईलाई सहुलियत दिएर स्थानीय जातका गाईलाई बेवास्ता गरेको भन्दै अभियानकर्ता यसमा जुटेका हुन् । जर्सी गाईबाट आउने दूध, दही, घ्यू स्वास्थ्यका लागि उपयुक्त नभएको वैज्ञानिक अनुसन्धानबाट देखिएको ती अभियानकर्ताले बताए ।

शास्त्रमा भनिएको पनि छ “शास्नादी मत्वंगोत्वं ककुद् वत्वं गोत्वं” अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई गोरुमा जुरो हुन्छ । स्थानीय गाई, गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु कृत्रिम हुन् भन्ने तथ्य वैज्ञानिक अनुसन्धानले निक्र्योल गरेको छ ।

स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई सोस्ने गर्छ । जुरोलाई सूर्य केतु नाडी भनिन्छ जसले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएको शक्तिले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको योगी सोमराजले बताउनुभयो ।

स्थानीय गाईको दूधमा ओमेगा—३ नामक तत्व पाइन्छ यसले स्मरण शक्ति बढाउँछ । सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि प्रकारका अर्बुद रोग हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ, जुन अर्बुदरोग निरोधक औषधि हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ । यसले अर्बुद रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पु¥याउँछ ।

इटालीमा प्राजिइ विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी यसमा क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने तथ्य पत्ता लगाउनुभयो । नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गाैला आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन् ।

बच्चामा एलर्जी भएपछि तारकेश्वर नगरपालिका–७ की सम्झना न्यौपानेले कोहलपुरको गाई फार्मबाट उत्पादन भएको गो अर्क प्रयोग गरेर स्नान गराउँदा निको भएको अनुभव सुनाउनुभयो ।

गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन हुँदैन । अहिले युरोप र अमेरिकाका शहरमा समेत अग्र्यानिक (जैविक) खेती गर्ने क्रम बढेको छ ।

प्राचीन ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै स्थानीय गाईको गोरसलाई पवित्र मानेको बताउनुहुन्छ धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम ।

“यस्ता गुणले युक्त पवित्र गाईको दान गर्नाले कर्ता पनि पवित्र हुन्छ, यसैले हाम्रा धार्मिक कृत्यमा गाई दानको विधि रहेको हो” उहाँले भन्नुभयो । गाईलाई कसैले खान्छन् भनेकै तर्कका आधारमा राष्ट्रिय जनावरबाट हटाउन अनेक किसिमका षडयन्त्र हुँदै आएकाले यसविरुद्धको अभियानमा लागेको पूर्व सांसद शंकर पाण्डे बताउनुहुन्छ ।

“बाघ र डाँफे कसैले खाँदैनन् र ? अनि खागकै लागि कति गैँडाको हत्या गरिन्छ, यी सब हुन दिइरहने ?”–पूर्व सांसद पाण्डेले भन्नुभयो । गोरखनाथ र पशुपतिनाथको देशमा गाई राष्ट्रिय धरोहरका रुपमा स्थापित छ । धेरै गोवंश पालेकैले शिवजीलाई पशुका स्वामी अर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको बाहन नै साँढे छ । धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथबाट अपभ्रंश भई गोरखनाथ भएको हो ।

नेपाल भूमिमा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बने । धेरै गाई पाल्ने गोपालवंशी राजाले समेत यहाँ शासन चलाए । आधुनिक नेपालको गोरखा जिल्लाको नामाकरण पनि गोरखनाथ जन्मिएको र गाईको रक्षा गरेकैले हुन गएको हो । गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको विश्वास गरिन्छ ।

शास्त्रमा भनिएको पनि छ – “यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु । धर्म मयि च विद्वेष सवा आसु विनश्यति ।” अर्थात् जसले गाईमा, धर्ममा विद्वेष गर्छ त्यो नेपालमा टिक्दैन । पशुपतिनाथ र गोरखनाथको तपस्याको अगाडि कोही टिक्न सक्दैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah