काठमाडौं, २ कात्तिक । तिहारको तेस्रो दिन अर्थात् लक्ष्मी पूजा र दीपावलीको दिन उज्यालो र रमझम चलिरहेको बेला पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बुकुरा र झोपडी सम्झिएका छन् ।

दीपावलीको साँझ सामाजिक सञ्जाल फेसबुकमा संयोजक भट्टराईले महलहरुमा दीपावली भए पनि बुकुरा र झोपडीहरु दिउँसै अँधेरा हुने भन्दै मोदनाथ प्रश्रितको कवितामार्फत गाउँघरको याद गरेका हुन् । उनी लेख्छन्, ‘प्रत्येक बर्षको दीपावलीमा कवि मोदनाथ प्रश्रितको यो कविता मनमा गुन्जिन्छ-
“बल्छन् महलहरूमा दीपावली हजार
झकमक्क जग्मगाए पैसा हुने वजार
बुकुरा र झोपडी छन् दिउँसै पनि अँधेरा
आएन खै त्यहाँ त कहिल्यै कुनै तिहार!”

समृद्धिलाई मूलमन्त्र बनाउँदै वैकल्पिक शक्तिको रुपमा नयाँ शक्ति पार्टी गठन गरेका उनले तिहारको उपलक्ष्यमा सबैका लागि समृद्धिको कामना गरेका छन् । ‘प्रत्येक बुकुरा र झोपडीमा समेत उज्यालो ल्याउने ‘समृद्धि सबैका लागि’ (Prosperity for All) को लक्ष्य प्राप्ति गर्ने महाभियानमा लाग्न हामी सबैको मन र मष्तिष्कमा ज्ञान र विवेकको ज्योति बलोस्,’ उनी अगाडि लेख्छन्, ‘सबैमा दीपावलीको हार्दिक शुभकामना ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah