सवाल नेपाल डेक्स
दमक/सत्ता र सम्पतीका लागि मात्र राजनीति गरेर नेपाली काँग्रेसले बीपीको सिद्धान्त मास्न लागेको आरोप लगाउदै नेपाली काँग्रेसका प्रभावशाली नेताहरुले नयाँ पार्टी खोलेकाछन् ।
नेपाली काँग्रेस मूल सिद्धान्त, आदर्श र आचरणबाट विचलित हुँदै सत्ता र सम्पत्तिलाई मात्रै निर्विकल्प साध्य ठान्दै अगाडि बढिरहेकाले नयाँ पार्टी खोल्नु परेको नयाँ घोषणा भएको नेपाली काँग्रेस बीपीका अध्यक्ष हरिबोल भट्टराइले बताए ।
वीपी कोइराला आफ््नो सिद्धान्त र आदर्श विपरीत कहिल्यै जानु भएन । त्यही अडानका कारण आजन्म प्रधानमन्त्री हुन पाउने अवसरलाई परित्याग गर्दै जेल र निर्वासन रोज्नु भएको हो ।
विचार र सिद्धान्त नमिल्ने पार्टीसँग पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलन त गर्नु हुँदैन भन्ने मान्यता राख्ने वीपी कोइरालाको विरासत बोकेको पार्टी नेपाली काँग्रेसको नेतृत्व निरन्तर सत्ता, सम्पत्ति र सुखसयलका लागि जोसुकैसँग सम्झौता गर्ने प्रवृत्तिले वीपी विचारको खिल्ली उडाएको छ यसले प्रजातान्त्रिक विचार राख्नेहरुलाई लाजमर्दो बनाएको छ भन्दै नव गठित पार्टीका नेताहरुले आलोचना गरेकाछन् ।
प्रेस विज्ञप्ति
वि.सं.२००३ सालमा जननायक विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको नेपाली काँग्रेसले राष्ट्र–राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल सिद्धान्त मान्दै १०४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायती शासन सत्ता विरुद्धको आन्दोलनको सफल नेतृत्व गरिसकेको छ । त्यही पार्टी आज पार्टीको मूल सिद्धान्त, आदर्श र आचरणबाट विचलित हुँदै सत्ता र सम्पत्तिलाई मात्रै निर्विकल्प साध्य ठान्दै अगाडि बढिरहेको छ । वीपी कोइराला आफ््नो सिद्धान्त र आदर्श विपरीत कहिल्यै जानु भएन । त्यही अडानका कारण आजन्म प्रधानमन्त्री हुन पाउने अवसरलाई परित्याग गर्दै जेल र निर्वासन रोज्नु भएको हो । विचार र सिद्धान्त नमिल्ने पार्टीसँग पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलन त गर्नु हुँदैन भन्ने मान्यता राख्ने वीपी कोइरालाको विरासत बोकेको पार्टी नेपाली काँग्रेसको नेतृत्व निरन्तर सत्ता, सम्पत्ति र सुखसयलका लागि जोसुकैसँग सम्झौता गर्ने प्रवृत्तिले वीपी विचारको खिल्ली उडाएको छ यसले प्रजातान्त्रिक विचार राख्नेहरुलाई लाजमर्दो बनाएको छ । वीपी कोइरालाको विचारको गलत व्याख्या, विश्लेषण गर्ने कम्युनिष्ट र पञ्चहरुले वीपीको विचार र अडान उत्कृष्ट रहेको अभिव्यक्ति दिइरहेका छन् तर आफूलाई वीपीको अनुयायी ठान्ने नेपाली काँग्रेसले पार्टीको सिद्धान्त,आदर्श र उद्देश्यका विपरीत भ्रष्टाचार र प्रजातन्त्रविरोधि शासन शैलीलाई शिरोपर गर्दै गइरहेको छ । यिनै प्रवृत्तिका विरुद्धमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै प्रजातान्त्रिक शासन पद्धति, सुशासन, आर्थिक क्रान्ति र सन्तुलित परराष्ट्र नीतिलाई अपरिहार्य मान्दै समृद्ध नेपालको निर्माणको लागि इमान्दार वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महशुस गरी ‘नेपाली काँग्रेस (वी.पी.)’ गठन गर्ने निर्णय गरेका छौं । पार्टीको उद्देश्य प्राप्तिका लागि निम्नानुसारका कार्यसहितको प्रतिबद्धता व्यक्त गर्दछौंः
ड्ड सुशासन र भ्रष्टाचारमुक्त समाजको निर्माण गर्ने । विशेष गरी २०६४ सालदेखि २०७४ सालसम्म प्रधानमन्त्री, मन्त्री र राज्यको केन्द्रीय तहमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गरी सार्वजनिक गर्न अधिकार सम्पन्न आयोग गठन गर्ने,ड्ड सनातनदेखि चल्दै आएको धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धनका लागि विश्वको एकमात्र हिन्दुराष्ट्रका रुपमा परिचित नेपाललाई सनातन हिन्दु राष्ट्रका रुपमा विकास गर्ने,ड्ड वीपीको विचार र सिद्धान्त जतिपछि भयो उति सान्दर्भिक हुँदै गएकोले वीपीको सिद्धान्त र आदर्शप्र्र्रति प्रतिबद्ध हुँदै यही उनको सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्ने,ड्ड नेपालमा रहेको उर्जा क्षमताको भरपुर उपयोग गर्न आम नेपाली जनताको लगानीलाई अनिवार्य गरी मुलुकको आर्थिक समृद्धिका लागि कृषिमा आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, वन र वनपैदावारको रक्षा गर्दै अवसरबाट वञ्चित भई विदेश पलायन भएका लाखौं युवालाई स्वदेशमै रोजगारी दिनका लागि विशेष अभियान संचालन गर्ने,ड्ड हाल सार्वजनिक भएका लोकतान्त्रिक र वाम गठबन्धनका नाइकेहरु दक्षिण र उत्तरतर्फ झुक्न बाध्य सबैका सामु छर्लङ्ग छ । यस्तो चरित्रको अन्त्य गर्दै नेपाली राष्ट्रियता र स्वाभिमानको संरक्षणका लागि पञ्चशील सिद्धान्तको आधारमा सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने ।ड्ड नेपालमा बढ्दै गइरहेको राजनीतिक अपराधीकरणले प्रजातन्त्रका लागि सर्वस्व सुम्पेका निष्ठावान कार्यकर्ताको तेजोबध मात्रै होइन गुण्डागर्दीलाई सम्मान गर्ने परम्पराको विकास भई दिनप्रतिदिन यसले राष्ट्रियतालाई कमजोर गराउने भएकाले पार्टीमा चरित्रवान व्यक्तिलाई मात्रै नेतृत्वमा स्थापित गर्ने,ड्ड राष्ट्रलाई दुरगामी असर गर्ने खालका विषयमा निर्णय गर्नुपर्दा जनमत संग्रह गरेर मात्र निर्णय लिने ।
राष्ट्रवादी प्रजातन्त्रवादी रुझान बोकेको पार्टी नेपाली काँग्रेस(वी.पी.), को चुनाव चिन्ह करुवा रहेको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं ।
हरिबोल भट्टराई सभापति नेपाली काँग्रेस (वीपी)



