काठमाडौं, २ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा प्रदेश नम्बर ७ को मुख्यमन्त्री एमालेले पाएको छ ।
गठबन्धनमा भएको सीट बाँडफाँडमा प्रदेश नम्बर ७ को मुख्यमन्त्री एमालेलाई दिन माओवादी केन्द्र तयार भएको हो । साथै मख्यमन्त्रीमा एमालेका कर्णबहादुर थापाको नाम अघि सारिएको छ ।
एमाले र माओवादीका मुख्य नेताहरु सबै प्रतिनिधिसभाको उम्मेवार बनेपछि एमाले पोलिटव्यूरो सदस्य कर्णबहादुर थापालाई अगाडि सारिएको हो ।
एमालेका भीम रावल, भानुभक्त जोशी लगायतका नेता प्रतिनिधिसभाको उम्मेदवार बन्दैछन् । त्यस्तै माओवादीका लेखराज भट्ट, खगराज भट्ट लगायतका नेता पनि प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।
बाजुराबाट प्रत्यक्ष चुनाव जितेर उद्योगमन्त्री बनेका थापा यसपटक प्रदेशसभा तर्फ समानुपातिकमा बसेका छन् ।
एमालेका शीर्ष नेता तहमै थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने समझदारी भएको स्रोतले जनाएको छ । उनी एमाले ७ नम्बर प्रदेश सहसंयोजक पनि हुन् । दैनिक नेपाल बाट सभार

काठमाडौं, २ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा प्रदेश नम्बर ७ को मुख्यमन्त्री एमालेले पाएको छ ।
गठबन्धनमा भएको सीट बाँडफाँडमा प्रदेश नम्बर ७ को मुख्यमन्त्री एमालेलाई दिन माओवादी केन्द्र तयार भएको हो । साथै मख्यमन्त्रीमा एमालेका कर्णबहादुर थापाको नाम अघि सारिएको छ ।
एमाले र माओवादीका मुख्य नेताहरु सबै प्रतिनिधिसभाको उम्मेवार बनेपछि एमाले पोलिटव्यूरो सदस्य कर्णबहादुर थापालाई अगाडि सारिएको हो ।
एमालेका भीम रावल, भानुभक्त जोशी लगायतका नेता प्रतिनिधिसभाको उम्मेदवार बन्दैछन् । त्यस्तै माओवादीका लेखराज भट्ट, खगराज भट्ट लगायतका नेता पनि प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।
बाजुराबाट प्रत्यक्ष चुनाव जितेर उद्योगमन्त्री बनेका थापा यसपटक प्रदेशसभा तर्फ समानुपातिकमा बसेका छन् ।
एमालेका शीर्ष नेता तहमै थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने समझदारी भएको स्रोतले जनाएको छ । उनी एमाले ७ नम्बर प्रदेश सहसंयोजक पनि हुन् ।