राजनीतिक दलहरु एकीकृत हुने लहर चलेको बेला केही कांग्रेसजनले चाहिँ अलग दल स्थापनाको घोषणा गरेका छन् । नेपाली कांग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली कांग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको हो ।

यसअघि यही नाममा कांग्रेसका पुराना नेता झलकनाथ वाग्लेले आफूलाई अध्यक्ष घोषणा गर्दै नयाँ दल खोलेको सार्वजनिक गरेका थिए । तर, पछि काठमाडौं असन्तुष्ट नेता भट्टराईसमेत संलग्न हुने भएपछि उनलाई सभापतिका रुपमा अघि सारेर वाग्ले उपसभापति बसेका छन्् ।

नवगठित पार्टीको महामन्त्रीमा हरिशंकर मिश्र र सुशीलमान शेरचन, महामन्त्रीमा पुष्प पराजुली र प्रवक्ताको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको बताइएको छ ।

पार्टीका सभापति भट्टराईले नेपाली कांग्रेस बिपीको समाजवादको चिन्तन तथा विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित भएकाले आफूहरुले बिपी विचारलाई स्थापित गर्न नयाँ पार्टी गठन गरेको बताएका छन् ।

कांग्रेसले बिपीको विचारलाई लात हानेर जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखाएपछि बीपीले प्रतिपादन गर्नुभएको सिद्धान्त र आदर्श मर्न नदिन यस्तो कदम चालिएको उनले बताए । भट्टराई बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

नेपाली कांग्रेस (बीपी)का केन्द्रिय सदस्यहरुमा दीनबन्धु अर्याल, ब्रह्मनारायण चौधरी, लोपसांङ लामा, कल्पित पराजुली, लोकराज भट्ट, माधवप्रसाद लामिछाने, रामविलास शाह, यज्ञराज भट्ट, महेश्वरी न्यौपाने, नरेन्द्र विष्ट, चक्रदेव जोशी, ऋषभ सापकोटा, गोपालनारायण भट्टचन, सरोज लामा, रामभक्त भट्टराई, लक्ष्मी सुनार, झपेन्द्र आचार्य, पूर्णबहादुर विक, राजेशकुमार शाही, विकास तामाङ रहेका छन् ।

यसरी पुराना कांग्रेसजनले अलग पार्टी घोषणा गर्दा माउ पार्टी नेपाली कांग्रेसको नेतृत्वले भने कुनै प्रतिक्रिया दिएको छैन । कांग्रेसका सभापतिनिकट एक नेताले प्रजातन्त्रमा कुनै दल परित्याग गर्न र आफूखुसी दल खोल्न छुट रहेकोले हरिबोल र झलकनाथहरुलाई पनि रोक्न नखोजिएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah