नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफुलाई समानुपातिकमा लगेर पन्छाएको भन्दै नेतृत्वको विरोध गरेका छन् । उनले समानुपातिकमा नबस्ने भन्दै झापा–३ मा उठ्ने बताएका हुन् ।

सिटौला चुनावी तालमेलको विपक्षमा उभिएका छन् । चुनावी तालमेलका नाममा काँग्रेसको प्रभाव क्षेत्र समेत पार्टी सभापतिले अन्य राजनीतिक दललाई बुझाउन थालेको भन्दै उनले असन्तुष्टी मात्र जनाएनन् त्यसको विपक्षमा उभिने समेत दृढता व्यक्त गरेका छन् ।

सिटौलाले चुनावको बेला तालमेल गर्दा आफ्नो पार्टीगत विचार, दृष्टिकोण मर्ने भएकाले केन्द्रीय चुनावमा तालमेल गर्नु उपयुक्त नहुने बताउँदै आक्रोस समेत पोखेका छन् ।

निर्वाचन जित्ने नाममा हुने तालमेलले पार्टीहरुको बैचारिक धरातल कमजोर हुने र मुलुकको राजनीति नै अन्यौलमा पर्ने भन्दै सिटौलाले आफु झापाको निर्वाचन क्षेत्र नं. तीनबाट प्रत्यक्ष तर्फको उम्मेदबार हुने स्पष्ट पारेका छन् ।

“पार्टीले बुझाएको समानुपातिक तर्फको सूचीमा आफ्नो नाम रहेपनि संशोधन हुन्छ ।” उनि भन्छन्, “मेरो जानकारी विना मलाई नै समानुपातिकमा पठाउने कुरा मैले सोच्न पनि सक्दिन् । म प्रत्यक्ष जनताकै बीचमा गएर चुनावमा सहभागि हुन्छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah