नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाली राजनीति नयाँ युगमा प्रवेश गर्ने बताएका छन्।

नेपाल संवत् ११३८ को अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले आसन्न निर्वाचनले नेपाली राजनीतिलाई स्थिरतातर्फ लगेर देशमा आर्थिक र विकासका एजेण्डा स्थापना गर्न सहयोगी हुने तर्क गरे।

‘यो निर्वाचनमा सबै जाति, संस्कृति र सम्प्रदायको हितमा काम गर्नसक्ने जनप्रतिनिधि छान्ने विवेक सबैले पुर्‍याउनुपर्छ’, उनको सन्देशमा भनिएको छ।

ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचानको संवत् भएको बताए। ‘नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो’, उनले भने, ‘त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो।

नेपाल संवत कुनै जाति वा समुदाय विशेषको मात्र नभएर सम्पूर्ण नेपालीको मौलिक पहिचान बोकेको पर्व रहेको उनको भनाइ छ। ‘यो देशमा बसोबास गर्ने एक सय २५ जाति र यहाँ बोलिने एक सय २३ भाषा नेपालीका निधि हुन्’, अोलीको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah