दसैँको नवमीको दिन थियो । राजधानीको सडक सुनसान थियो । सबैजना दसैँको रमझममा मस्त थिए ।  केही युवा भने तनावमा राजधानीमा भौँतारिइरहेका थिए । उनीहरू मोटरसाइकल लिएर चपलीमा पुगे । जहाँ रसुवाकी १६ वर्षीया सबिना थोकर बस्थिन् ।

रसुवा पार्वतीकुण्डकी सबिता चपलीको गणेश होस्टेलमा बस्थिन् । सबिनाको पछिल्लो समय रसुवाकै गगन तामाङसँग प्रेमसम्बन्ध थियो । त्यही सम्बन्ध थाहा पाएर त्यो समूह सबिनालाई भेट्न गएको थियो । किनकि सबिनाका प्रेमी गगन तीन करोड रुपैयाँको सुन लिएर सम्पर्कविहीन भएका थिए । गगनको सबिनासँग सम्पर्क रहेको थाहा पाएर उनीहरू त्यहाँ पुगेका थिए ।

तर, गगनको बारेमा बताउन उनीहरूले सबिनालाई दबाब दिएनन्, बरु प्रलोभन दिए । ‘त्यो फरार हुँदा हाम्रो करोडौंँ डुबेको छ बहिनी, त्यसलाई भेट्यो भने सबै मिल्छ, बरु तिमी पनि हाम्रै चेली हौ, ४–५ लाख दिन्छौँ, त्यसलाई भेटाइदेऊ ।’
कमजोर आर्थिक अवस्थाकी सबिना पनि ४–५ लाख रुपैयाँ आउने बताएपछि लोभिइन् । पैसाको अगाडि उनको प्रेमसम्बन्ध फिक्का भयो । भोलिपल्ट उनीहरूले भेट्ने योजना बनाए ।

दसैँको टीकाको दिन थियो । सबिनाले नै स्वयम्भूमा भेट्ने प्रस्ताव राखिन् । गगन तयार भए । तर, सबिना गाडीमा जाँदा ढिला भएपछि वनस्थली बोलाइन् । गगन पल्सर मोटरसाइकलमा वनस्थली पुगे । सबिनालाई उनले देखेका मात्र के थिए, अर्को एक समूह आएर उनलाई घेरा हाल्यो । उनलाई मोटरसाइकलबाट तल झा¥यो । अर्को व्यक्तिले उनको मोटरसाइकल चलाए । उनलाई बीचमा राखेर सेतोगुम्बानजिकै चिहानडाँडामा पुर्याइयो ।

त्यहाँ पुगेर उनलाई कुटपिट गर्न थालियो । त्यहीबीचमा लाक्पा ग्याल्जेन लामाले छुरा निकाल्दै तर्साए । उनले छुरा हान्न खोज्दा सँगै रहेका प्रकाश शाक्यले रोके । अर्का युवक डेभिड भनिने आङबाबु तामाङले सोही छुरा खोसेर गगनलाई दुईपटक कोखामा हाने । गगन भागे । केही पर पुगेपछि सहन नसकेर टुक्रुक्क बसेका उनको त्यहीँ मृत्यु भयो । प्रेमिकालाई भेट्न खोज्दा उनले ज्यान गुमाए ।

पाँच पक्राउ, तीन फरार

दसँैको दिन भए पनि सूचना पाउनेबित्तिकै प्रहरी अधिकारीहरू अनुसन्धानमा खटिए । महानगरीय स्वयम्भू वृत्तका साथै महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसी र इन्स्पेक्टर रोशन खड्काले अनुसन्धान सुरु गरे । केही व्यक्तिहरूलाई सोही दिन बेलुका त केहीलाई भोलिपल्ट पक्राउ गर्न सफल भए । पक्राउ पर्नेहरूमा रसुवा गोसाइँकुण्डका लाक्पा ग्याल्जेन लामा, कीर्ति भन्ने छिरिङ लामा, सबिना थोकर, प्रकाश शाक्य र लाक्पा लामा छन् । छुरा हान्ने आङबाबुसहित केही व्यक्तिहरू फरार रहेको अपराध महाशाखाले जनाएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ ।

तीन महिनापछि भेटिएका थिए गगन

गत १६ असारमा उनले केरुङबाट १८ केजी सुन ल्याएका थिए । त्यसमध्ये १२ केजी उनले रसुवामै सम्बन्धित व्यक्तिलाई दिए, ६ किलो पछि दिने बताए । त्यही दिनदेखि उनको मोबाइल स्विचअफ भयो । त्यही दिनदेखि रसुवाको घरमा पनि गएका थिएनन् । ६ किलो सुन लुकाएर उनी भागेको निष्कर्ष तस्करहरूले बनाए ।

उक्त सुन तस्करीको जिम्मेवारी लाक्पा ग्याल्जेनले लिएका थिए । सुनका मालिक चिनियाँ नागरिक बोई र तेन्जिङ थिए । केही पैसा दिएर सुन सीमा पार गराउने जिम्मा लाक्पाले गगनलाई दिए । तर, गगन लोभिएर सुन लुकाए ।

पटक–पटक खोज्दा पनि गगन पत्ता नलागेपछि सो समूहले गगनका निकट मान्छेहरूको खोजी सुरु ग¥यो । त्यसक्रममा उनकी प्रेमिका अनिशा तामाङ भएको पत्ता लगायो । लाक्पाको टोली अनिशालाई भेट्न गयो । अनिशाले उसले आफूलाई छाडेर काकाको छोरी सबिनातिर लागेको जानकारी दिइन् । प्रेमीले धोका दिएर हिँडेकोेमा उनी पनि क्रूद्ध थिइन् ।

सबिनाको पनि गगनसँग गाढा माया थियो । उनीहरूबीच स्वार्थको माया सम्बन्ध थियो । जसकारण उनी सजिलै पैसाको लोभमा फसेकी थिइन् । तर, उनलाई प्रेमीको हत्या हुँदै छ भन्ने जानकारी थिएन ।

हत्यारा भेटियो, सुन भेटिएन

सो समूहले १८ केजी सुन तस्करी गरेको प्रस्ट भएको छ । तर, तस्करीको एक किलो सुन पनि बरामद भने हुन सकेको छैन । गगनले लुकाएको भनिएको ६ किलो सुनको समेत अत्तोपत्तो लागेको छैन ।

उनीहरूले कुन समूहसँग मिलेर सुन तस्करी गर्दथे र कसले किनेको थियो भन्ने पनि पत्ता लागेको छैन ।

उनको लुटेको भनिएको सुन कुनै समूहले लुकाएको हुन सक्ने र त्यो सुन पचाउन उनको हत्या गरेको हुन सक्ने पनि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । उनलाई फेला पारेपछि सुन खोज्न प्रयास गर्नुभन्दा छुरा बोकेर हत्या गर्न जानुले पनि त्यो आशंकालाई बढाएको छ । घटनामा संलग्न केही व्यक्ति फरार रहेकाले घटनाको वास्तविकता अझै आउन बाँकी रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

टुक्रुक्क बसेको अवस्थामा शव

स्वयम्भूको कारखाना चोकबाट सेतोगुम्बा जाने सडकको बीचखण्डमा ढुंगाखानी भन्ने ठाउँ छ । त्यो सडकखण्डमा भएर मान्छेहरू थोरै मात्र आवातजावत गर्ने भएकाले एकान्त छ । दसैँको टीकाको दिन सोही ढुंगाखानीमा एउटा मोटरसाइकल स्ट्यान्ड लगाएर राखिएको थियो, छेउमा एक व्यक्ति टुक्रुक्क बसिरहेका थिए । चाडबाडको समय भएकाले मदिरा पिएर बसेको हुन सक्ने स्थानीयले आ“कलन गरे । तर, केही व्यक्तिलाई शंकास्पद लागेपछि प्रहरीलाई खबर गरे । प्रहरी गएर बोलाउँदा बोलेनन् । सर्टमा प्वाल थियो । रगत लागेको थियो । तिनै व्यक्ति थिए गगन तामाङ । जसको हत्या भएको यिो । छुरा हानेपछि तत्काल भागेका उनी त्यहाँ पुगेपछि सहन नसकेर बसेका थिए । त्यहीँ उनको मृत्यु भएको थियो । उक्त मोटरसाइकल उनै तामाङको हो । साँचो उनको काखमा भेटिएको थियो । मोबाइल भने थिएन । उनको खल्तीबाट भेटिएको सीमकार्डबाट प्रहरीले उनको सनाखत गरेको थियो ।

प्रहरीलाई पहिले नै जानकारी

गगनले सुन लुकाएर भागेकोबारे उनका आफन्तहरूले पहिले नै प्रहरीलाई जानकारी गराइसकेका थिए । उनका भिनाजुले नै प्रहरीलाई फोन गरेका थिए । स्वयम्भू वृत्तमा कार्यरत अन्सारी थरका सइसँग हत्यामा संलग्न व्यक्तिहरूको समेत पहिले नै सम्बन्ध देखिएको छ ।

सुन तस्करी बढेसँगै भरियाहरूले सुन लुकाउने र चोर्ने घटनाहरूसमेत बढेका छन् । त्यस्ता घटनाको प्रहरीमा उजुरी गर्दा आफैँ फस्ने भएकाले उजुरी पनि पर्दैनन् । कतिपय अवस्थामा तस्करीको सुन लुटपाटका घटना प्रहरीकै मिलेमतोमा समेत विवाद मिलाइने गरिएको छ । केही गुन्डाहरूले समेत यस्तो सुन लुट्ने गरेका छन् । तीन साता अघि मात्र रसुवामा दुई युवक आफूहरू प्रहरी भएको भन्दै सुन रहेको आशंकामा गाडी रोकेर थर्काउँदा पक्राउ परेका थिए । भरियाहरूले सुन लुकाउने, तर अन्य समूहलाई सूचना दिएर लुटपाटसमेत हुने गरेका छन् । नवराज माैनाली (नयापत्रिका)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah