चाडवाडको माहोलसँगै राजनीतिक बृत्तमा भने चुनावको माहोलले छाएको छ । ठूला पार्टीका शिर्ष नेताहरु पछिल्लो समय आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमै केन्द्रित छन् ।

निर्वाचनमा शिर्ष नेताहरु को कहाँबाट उठ्ने भन्ने विषय नै अहिले राजनीतिक दलभित्र चासोको विषय बनेको छ । रोचक त के भने ठूला तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रका शिर्ष नेताहरु चुनावमा आफूले जित्नसक्ने सुरक्षित स्थान खोजिरहेका छन् । हेरौँ को कहाँबाट उठ्न खोज्दैछ ।

नेकपा एमाले :

केपी शर्मा ओली

झापा ५ बाट सिफारिस भएका छन् ओली । २०७० सालको चुनावमा झापा ७ बाट जितेका उनको गृहजिल्ला पनि झापा नै हो । अन्य जिल्लाबाट चुनाव लड्ने दबाव भए पनि उनले गृहजिल्ला नै चाहेका हुन् ।

माधवकुमार नेपाल

रौतहट र काठमाडौं दुवै जिल्लाबाट सिफारिसमा परे पनि नेपाल काठमाडौं रोज्ने तयारीमा छन् । पहिलो संविधानसभाको चुनावमा दुवै ठाउँबाट हारे पनि दोस्रो चुनावमा उनी दुवै ठाउँबाट विजयी भएका थिए । यसपटक पनि उनी काठमाडौं २ बाटै चुनाव लड्ने तयारीमा छन् ।

झलनाथ खनाल

इलाम १ मा सर्वसम्मत सिफारिसमा परेका छन् उनी । ०७० को चुनावमा सर्लाही १ बाट माओवादी उम्मेदवारसँग पराजित खनाल इलाम १ बाट भने विजयी बनेका थिए ।

बामदेव गौतम

प्युठान र बर्दियाका १ बाट सिफारिसमा परेका छन् गौतम । दोस्रो संविधानसभाको चुनावमा यी दुवै क्षेत्र जितेका थिए उनले । यसपटक दुई चुनावी क्षेत्रबाट लड्न नपाउने भएपछि गौतमले प्युठान रोजेका छन् ।

भीम रावल

अघिल्लो चुनावमा अछाम १ बाट विजयी रावल यसपटक पनि सोही क्षेत्रबाट उठ्ने पक्का छ । रावलले चुनावी पकड क्षेत्र बनाउन चाहेकै उक्त क्षेत्रबाट सर्वसम्मत सिफारिसमा परेका छन् ।

ईश्वर पोखरेल

दोस्रो संविधानसभाको चुनावमा काठमाडौं ५ बाट पराजित पोखरेल यसपटक पनि सोही क्षेत्रबाट सर्वसम्मत सिफारिसमा परेका छन् । यसअघि कांग्रेस नेता नरहरि आचार्यसँग पराजित पोखरेलले फेरि सोही क्षेत्र रोजेका हुन् ।

विष्णु पौडेल

रुपन्देही २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् पौडेल । ०७० सालको चुनावमा उनी क्षेत्र नम्बर ४ मा तत्कालिन माओवादीका नेता डा. बाबुराम भट्टराईलाई पराजित बनाएका थिए ।

प्रदीप ज्ञवाली

गुल्मी १ बाट सर्वसम्मत सिफारिसमा परेका छन् ज्ञवाली । दोस्रो संविधानसभा चुनावमा उनी गुल्मी २ मा पराजित भएका थिए । यसपटक भने उनले क्षेत्र नम्बर १ लाई सुरक्षित स्थानको रुपमा लिएका छन् ।

घनश्याम भुसाल

रुपन्देही १ र ३ बाट सिफारिसमा परेका भुसाल अघिल्लो पटक भने कांग्रेस नेता बालकृष्ण खाँडसँग पराजित भएका थिए । यसपटक भने कांग्रेस नेता खाँड समानुपातिकतर्फ भएकाले भुसालले आफूलाई सुरक्षित ठानेका छन् ।

००

नेपाली कांग्रेस :

शेरबहादुर देउवा

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा यस पटक पनि डडेल्धुराबाटै चुनाव लड्ने तयारीमा छन् । गृहजल्लाबाटै देउवा सर्वसम्मतले सिफारिसमा परेका हुन् । यसअघिका हरेक चुनाव उनले डडेल्धुराबाटै जितेका थिए । डडेलधुरालाई देउवाको चुनावी आधार इलाकाको रुपमा पनि चिनिन्छ ।

रामचन्द्र पौडेल

देउवाको डडेलधुरा जस्तै तनहुँ १ लाई पौडेलको चुनावी पकड क्षेत्र मानिन्छ । उनी अहिले पनि तनहुँ १ बाटै चुनाव लड्ने तयारीमा छन् ।
तनहुँकै अर्का कांग्रेस नेता गोविन्दराज जोशीले असहयोग गरे पनि पौडेलले यस क्षेत्रबाट यसअघिका चुनाव जित्दैआएका छन् ।

प्रकाशमान सिंह

कांग्रेसको पकड क्षेत्र मानिने काठमाडौं १ बाट सिंह चुनाव लड्ने तयारीमा छन् । यसअघि पनि उनी त्यही क्षेत्रबाट विजयी भएका थिए । सिंहले यसपटक भने विवेकशिल साझा दलका नेता रवीन्द्र नेताको सामना गर्नुपर्नेछ ।

शशांक कोइराला

संविधानसभाको दुवै चुनावमा नवलपरासी १ बाट जितेका थिए शशांकले । यस पटक पनि उनी नवलपरासी १ बाटै सिफारिसमा परेका छन् ।

विजयकुमार गच्छदार

मधेसी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक) बाट केही साताअघि कांग्रेसमा प्रवेश गरेका गच्छदार कांग्रेसमा आएपछि पहिलो चुनाव फेस गर्दैछन् ।
यसअघिका चुनावमा झैँ उनले यसपटक पनि सुनसरी ३ बाटै चुनाव लड्ने मनस्थिति बनाएका छन् । जहाँ उनको नाम सिफारिसमा परिसकेको छ ।

अर्जुननरसिंह केसी

यसअघि पनि विजयी भएका केसी यसपटक पहिलेकै क्षेत्र नुवाकोट १ बाट सिफारिस भएका छन् । सोही क्षेत्रबाट रामशरण महतको नाम पनि सिफारिस भए पनि केसीको सम्भावना बढी छ ।

रामशरण महत

महत पनि नुवाकोट १ बाटै सिफारिसमा परेका छन् । यसअघि नुवाकोट २ बाट चुनाव जितेका महत यसपटक भने ‘ब्याक’ हुनुपर्ने अवस्था छ । महतका भाइ प्रकाश शरण महतका लागि चुनावमा उठ्न दिने शर्तमा उनी नउठ्ने सम्भावना छ ।

००

माओवादी केन्द्र :

पुष्पकमल दाहाल प्रचण्ड

प्रतिनिधिसभाको चुनावमा प्रचण्ड चितवन ३ बाट उठ्ने तयारीमा छन् । आफैँ मतदाता समेत रहेको यस क्षेत्रलाई उनले आफ्नो पकड क्षेत्रको रुपमा विकास गर्न कोसिस गर्दैआएका पनि छन् ।

नारायणकाजी श्रेष्ठ

आधारक्षेत्र नभए पनि श्रेष्ठ गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन् । माओवादीका पूर्वनेता तथा नयाँशक्तिका संयोजक बाबुराम भट्टराई पनि यही क्षेत्रबाट चुनाव लड्ने अडान लिएका थिए । तर श्रेष्ठले आफ्नो अडान नछोडेपछि भट्टराई वाम गठबन्धनबाट बाहिरिएका थिए ।

रामबहादुर थापा बादल

दोस्रो संविधानसभा चुनाव बहिस्कार गरेका बादल यसपटक ललितपुर १ बाट चुनाव लड्दैछन् । अहिले प्रचण्ड उठ्ने भनिएको चितवन ३ बादलको आधारक्षेत्र मानिए पनि प्रचण्डका लागि छोड्दै छन् ।

कृष्णबहादुर महरा

महरा दाङ २ बाट चुनाव लड्ने तयारीमा छन् । महरा दाङका नयाँ बासिन्दा पनि हुन् ।

देव गुरुङ

कास्की १ बाट सिफारिसमा परेका छन् गुरुङ । पहिलो संविधानसभामा कास्की १ बाट जितेका गुरुङले दोस्रो संविधानसभाको चुनाव भने बहिष्कार गरेका थिए । यसपटक लमजुङबाट उठ्ने चर्चा भए पनि अन्ततः कास्की नै रोजेका हुन् ।

वर्षमान पुन

रोल्पाबाट उठ्ने तयारीमा छन् पुन । ०६४ सालको चुनावमा ललिलपुर १ बाट विजयी भएका उनी दोस्रो संविधानसभा चुनावमा मोरङ ९ बाट हारेका थिए ।

अग्नि सापकोटा

सापकोटा यसपटक पनि सिन्धुपाल्चोक १ बाट चुनाव लड्दैछन् । यसअघि क्षेत्र नम्बर २ बाट विजयी बनेका सापकोटा अघिल्लो संविभानसभा निर्वाचनमा पनि जितेका थिए ।

पम्फा भुसाल

गृहजिल्ला अर्घाखाँची भए पनि भुसाल ललितपुर २ बाट चुनाव लड्ने तयारीमा छिन् । यसअघिको दोस्रो संविधानसभा निर्वाचन उनले पनि बहिस्कार गरेकी थिइन् । पहिलो संविधानसभाको चुनावमा भने उनी ललितपुर ३ बाट विजयी बनेकी थिइन् ।

जनार्दन शर्मा

गृहजिल्ला रुकुमबाट चुनाव लड्दैछन् शर्मा । दोस्रो संविधानसभाको चुनावमा भने रुकुम २ बाट चुनाव जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah