सवाल नेपाल डेक्स
दमक/नेपाली काँग्रेसका युवा नेता बिश्वप्रकाश शर्मालाइ झापा क्षेत्र नं. ५ बाट काँग्रेसले उम्मेदवार बनाउने चर्चा एकाएक बाहिरियो । जबकि उनि क्षेत्र नं. १ मा प्रत्येक मतदाताको घरदैलोमा भोट माग्दै पुगिसकेकाछन् ।
उनले तिहारमा दक्षिणा रहित देउसी समेत घरदैलोमा पुगेर खेलेकाछन् । यसको उदेश्य पनि अप्रत्यक्ष रुपमा बिश्वप्रकाश शर्माको पक्षमा माहोल सिर्जना गर्ने खालको चुनावी प्रचार नै रहेको थियो ।
ओलीसंग भिडनका लागि प्रकाश प्रसाइ देखि केशवकुमार बुढाथोकीसम्मको नाम यसभन्दा अगाडि पनि ल्याइएको थियो । स्थानीय नेता कार्यकर्ताहरुले यि नामलाइ अघि ल्याएका थिए ।
एकाएक शर्माका नाम आउदा भने यसले ठूलो चर्चा पाएको छ । तर शर्मा यहा आउने सम्भावाना अत्यन्त कम रहेको नेपाली काँग्रेसका एक क्षेत्रिय नेताले बताएकाछन् ।
कृष्णप्रसाद सिटौला र केशवकुमार बुढाथोकीका लागि क्षेत्र सुरक्षित गर्नका लागि शर्मालाइ यहाँ ल्याएर एकजनालाइ त्यहाँ ब्वस्थापन गर्न खोजिएको पनि चर्चा शुरु भएको छ ।
अर्कातिर ४ नम्बरबाट उठ्न लागेका देउमान थेवेलाइ १ नम्बरबाट उठाएर यहाँ केशवकुमार बुढाथोकीलाइ उठाउन शर्मालाइ ५ नम्बरमा ल्याउदा हुने कतिपय काँग्रेसका अगुवा नेताले सुझाव दिएको श्रोतको भनाइ छ । यसको पुष्टि भने कसैले गरेको छैन । बहस चलेको तर औपचारिक छलफल नभएको काँग्रेसका एक जिल्ला नेताले बताएकाछन् ।



