चर्चित अभिनेत्री स्वेता खड्काले आफ्नो फेसबुक पेजमा पति श्री कृष्ण श्रेष्ठज्यु प्रति हार्दिक श्रदान्जली स्वरुप एउटा राम्रो नेपाली चलचित्र “कान्छी” को निर्माण गरेको जनाएकी छिन । साथै उहाँले उक्त चलचित्र युनिटलाइ धेरै धेरै धन्यवाद दिनुको साथै कहिले भुल्न नसक्ने बाचा समेत गरेकी छिन । जुन कुरा अभिनेत्री खड्काको फेसबुकबाट जस्ताको तस्तै तल प्रश्तुत गरिएको छ ।

“मेरा स्वर्गिय पती तथा नेपाली सिने जगतका चम्किला तारा श्री कृस्ण श्रेष्ठज्यु प्रती श्रदान्जली स्वरुप एउटा राम्रो सिनेमा पस्कने मेरो इक्ष्या अनुसार नेपाली चलचित्र ‘कान्छी’को निर्माण गरेकी छु । आगामी माघ २६ गते रिलिज हुने तरखरमा रहेको यो चलचित्र नेपालको बिकट तर अतिरमणिय स्थल मुस्ताङको सेरोफेरोमा पुगेर चलचित्रको सुटिङ्ग गर्नु कम चुनौतिपूर्ण थिएन ।

तर यो चुनौतीलाई सहजै स्विकार गरी मेरो हेरेक पाइलामा साथ दिने ‘कान्छी’का मुख्य कलाकार हरु क्रमश: निर शाह ज्यु , दयाहाङ्ग दाई, बसन्त बाबा, अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल गिरी, जयन्द्र लामा लगाएत अन्य कलाकार मित्रहरुसंगको सहकार्य निक्कैनै अबिस्मरणिय रह्यो । सुटिङको अन्य क्षेत्रमा आआफ्नो जिम्मेवारिलाई इमान्दारिताका साथ निर्वाह गरी मलाई सहयोग गर्ने हेयर डिजाइनर, ड्रेस डिजाईनर, मेक अप म्यान, लाइट म्यानका साथै मेशको ब्यवस्थापन देखी सेटको ब्यवस्थापनमा खट्नुहुने सम्पूर्ण सहकर्मीको योगदानलाई म कसरी भुल्न सक्छु र ! चलचित्रलाई जीवन्त बनाउनका निमित्त सुन्दर द्रुश्यहरुलाई क्यामरामा कैद गरी ‘सजिवता’ प्रदान गर्ने पुरुशोत्तम प्रधानज्यु र निर्देशकिय भूमिकामा रहेर अहोरात्र खट्ने आदरणिय आकाश अधिकारी सर को बयान गर्ने शब्दनै छैन ।

मेरो हरेक पाइलामा अबिभावकिय भूमिका निर्वाह गर्ने आदरणिय बसन्त बाबाको निरन्तर मार्गनिर्देशनको म संधै ऋणी हुनेछु । त्यस्तै मेरो सोचलाई साकार बनाउन ‘मानसिक उर्जा’ प्रदान गर्ने मेरा भाई र बहिनीहरुको अटुट साथकोलागी म आभारी छु । अत: ‘कान्छी’लाई सुन्दर गीत संगितको मिठास भरेर थप सुन्दर बनाउन सहयोग गर्ने आदरणिय सम्भुजित बास्कोटा ज्यु, अर्जुन पोखरेल ज्यु, राजनराज सिवाकोटी ज्यु र अन्जु पन्त ज्यु लगाएत सम्पूर्ण साँगितिक टोली प्रती हार्दिक आभार गर्दछु । मलाई आफ्ना सुन्दर शब्दहरुको सम्प्रेशण गरी संधै हौसाला र उत्साह प्रदान गर्ने मिडियाकर्मी ज्युहरु प्रती हार्दिक नमन !

नेपाली लोकभाषालाई टपक्क टिपेर’ ‘चरी चट्ट परि भुरुरु खोली तिरैतिर’ बोलको निक्कै सुमधुर गीत दर्शक-श्रोताहरुलाई बिशेष कोसेली स्वरुप यसै कार्तिक महिना भित्र पस्कने जमर्को गर्दैछु । मेरा दर्शकमहानुभावहरु ले हिजोका दिनमा झै आज र भोलिका दिनमा पनि मेरो कान्छी निर्माणको सम्पूर्ण युनिटको अथक मेहनत र पसिनालाई सहर्श स्विकार गरी आगामी दिनहरुमा पनि त्यस्तै आँट, शाहस र हौसाला प्रदान गरिदिनु हुने आशा र विश्वाश लिएकी छु । तिहारमा बल्ने झिलिमिली बत्तीको चम्किलो प्रकाश जस्तै तपाईंहरुको जीवन पनि चम्किरहोस्, बारीको कान्लामा फुल्ने रंगीचंगी फुल जस्तै तपाईंहरुको जीवन आकार्सक र सुन्दर होस् भन्दै शुभदिपावली २०७४ को पावन अवसरमा यहाँहरु सम्पूर्णमा सुस्वास्थ्य र दिर्घायुका साथसाथै उतरोत्तर प्रगती र उन्नतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।
तपाईंकी छोरी चेली

-श्वेता खड्का ‘ कान्छी’”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah