नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला चुनावी तालमेलको विपक्षमा उभिएका छन् । चुनावी तालमेलका नाममा काँग्रेसको प्रभाव क्षेत्र समेत पार्टी सभापतिले अन्य राजनीतिक दललाई बुझाउन थालेको भन्दै उनले असन्तुष्टी मात्र जनाएनन् त्यसको विपक्षमा उभिने समेत दृढता व्यक्त गरे।

चुनावको बेला तालमेल गर्दा आफ्नो पार्टीगत विचार, दृष्टीकोण मर्ने भएकाले केन्द्रीय चुनावमा तालमेल गर्नु उपयुक्त नहुने तर्क सिटौलाको छ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता सिटौलाले फरक कार्यदिशा र लक्ष्य भएका पार्टीहरुले गठबन्धन गर्नु स्वार्थ बाहेक केही नभएको टिप्पणी गरे ।

सवै पार्टीले आफ्नो पार्टीको दृष्टीकोण जनतालाई बुझाउने र जनताले छनौट गर्ने अवसरको रुपमा निर्वाचनलाई प्रयोग गर्नुपर्ने उनको भनाई छ ।

निर्वाचन जित्ने नाममा हुने तालमेलले पार्टीहरुको बैचारिक धरातल कमजोर हुने र मुलुकको राजनीति नै अन्यौलमा पर्ने उनले बताए ।

सिटौलाले आफु झापाको निर्वाचन क्षेत्र नं. तीनबाट प्रत्यक्ष तर्फको उम्मेदबार हुने स्पष्ट पारे । पार्टीले बुझाएको समानुपातिक तर्फको सूचीमा आफ्नो नाम रहेपनि संशोधन हुने उनले बताए । मेरो जानकारी विना मलाई नै समानुपातिकमा पठाउने कुरा मैले सोच्न पनि सक्दिन। उनले भने, ‘ म प्रत्यक्ष जनताकै बीचमा गएर चुनावमा सहभागि हुन्छु।’

काँग्रेस सभापति शेर बहादुर देउवाले चुनावी तालमेलका नाममा राप्रपालाई झापा ३ दिने आन्तरिक सहमति पछि सिटौला रुष्ट छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah