नेकपा एमालेले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ७४ प्रदेश सभा सिटमध्ये आफूले पाएका क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।

शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाएको हो।

एमाले प्रदेशसभा उम्मेदवारमा तीन पूर्वमन्त्री पनि रहेका छन्।

उनीहरु मुख्यमन्त्रीका दाबेदारका रुपमा प्रदेशबाट उठ्न लागेका हुन्।

पूर्वसञ्चारमन्त्री शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेदारको रूपमा भोजपुर २ बाट प्रदेश सभामा उठ्दै छन्।

सोही प्रदेशमा पर्ने सुनसरीमा एमालेका अर्का नेता तथा पूर्वमन्त्री भीम आचार्य पनि प्रदेश सभामा उठ्दै छन्।

त्यस्तै प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको दाबेदारका रूपमा पूर्वमन्त्री राजेन्द्र पाण्डे धादिङबाट प्रदेश सभामा उठ्दै छन्। उनी धादिङ १ बाट प्रदेश सभा उम्मेदवार बनेका छन्।

तीन नम्बरमा प्रदेश मुख्यमन्त्रीकी अर्की दाबेदार हुन्, नेतृ अष्टलक्ष्मी शाक्य। दोस्रो चरणमा हुने चुनावमा उनी काठमाडौंबाट प्रदेश सभामा उठ्ने चर्चा छ।

मुख्यमन्त्रीको दाबेदार बनेर पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि प्रदेश सभामा उम्मेवार बनेका छन्।

गुरुङ लमजुङ -२ मा प्रदेश सभाका उम्मेदवार बनेका छन्। सो प्रदेशमा अर्का नेता किरण गुरुङ पनि मुख्यमन्त्रीका दाबेदार मानिँदै आएका छन्।

एमाले सचिव प्रदीप ज्ञवालीले अहिले नै पार्टीले कसैलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा उम्मेदवार नबनाएको बताए।

‘आधिकारिक रुपमा हामीले निर्णय गरेका छैनौं तर मन्त्री भइसकेका साथीहरु मुख्यमन्त्रीको दाबेदारको रुपमै प्रदेश सभामा लड्न लाग्नु भएको हो,’ ज्ञवालीले भने, ‘ दोस्रो चरणमा अरु साथीहरु पनि आकांक्षी हुनुहुन्छ।’

यी हुन् प्रदेश सभामा एमाले उम्मेदवार 

मुस्ताङ १– इन्द्रधारा बिष्ट
मुस्ताङ २– प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली
मनाङ २– खण्डा लामा गुरुङ
मनाङ १– दोर्जे डण्डुल गुरुङ

दार्चुला १ – वीरबहादुर ठगुन्ना
बाजुरा १ – बलदेव रेग्मी
बाजुरा २ प्रकाश शाह
बैतडी २ – लीलाधर भट्ट
बझाङ – अर्जुन थापा
डोल्पा १– नन्दसिंह बुढा
मुगु १– दानसिंह परियार
मुगु २– चन्द्रबहादुर शाही
जुम्ला २– पदमबहादुर रोकाया
कालिकोट १ – कुर्मराज शाही
जाजरकोट १ – नीरज आचार्य
जाजरकोट २ – करवीर शाही

म्याग्दी २– नरदेवी पुन
लमजुङ १– धनञ्जय दवाडी
लमजुङ २– पृथ्वीसुब्बा गुरुङ
गोरखा २– रामशरण बस्नेत
रसुवा १– कन्र्याल तामाङ
नुवाकोट २– वद्री मैनाली
नुवाकोट १– केशव पाण्डे
धादिङ १– राजेन्द्रप्रसाद पाण्डे

प्रदेशसभा १– डा. रामकुमार अधिकारी
पाँचथर १– गणेशकुमार काम्बाङ
ताप्लेजुङ १– बलबहादुर साम्सोहाङ
संखुवासभा २–तुलसी न्यौपाने
भोजपुर १– राजेन्द्रकुमार राई
भोजपुर २– शेरधन राई

ओखलढुङ्गा १– अमिरबहादुर गुरुङ
सोलुखुम्बु १ –मानवीर राई
सोलुखुम्बु २– वुद्धिकुमार राजभण्डारी
खोटाङ १– राजन राई
रामेछाप १– शान्तिप्रसाद पौडेल
रामेछाप २ – कैलाश ढुङ्गे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah