सहबान अन्सारी
नवलपरासीको रतनगंजमा ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जना गम्भीर घाइते भएका छन ।
सुस्ता गाउपालीका वार्ड न. ५ रतनगंजमा गए राति लु २ त २४९८ नम्बरको ट्याक्टर स्थिर अवस्थामा उभिएको ट्याक्टरमा गुठी परसौनी बाट रतनगंज गई रहेको भारतीय नम्बर यु .पी .५३ यम ७५३८ को मोटरसाइकलले ट्याक्टरमा ठोकिदा मोटरसाइकलमा सवार सुस्ता गाउपालीका वार्ड न. ५ सेमरी बस्ने २४ वर्षीय राकेश हरिजन र सोही गाउका २३ वर्षीय राजेश कुमार बढई गम्भीर घाइते भएका छन ।
घाइतेलाई उपचारको लागि भैरहवा मेडिकल कलेज पठाईएको रामनगर प्रहरी चौकीले जनाएको छ ।
दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा लिएको छ।



