सवाल नेपाल डेक्स
दमक/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापाको दमकमा आज आउने भनिएपनि अन्तिम अवस्थामा उनि नआउने भएकाछन् । ओलीले पूर्व निर्धारीत कार्यक्रम अनुसार एयरपोर्टमा आइसकेका थिए ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा ओली फेरी फर्केको श्रोतले बताएको छ । महत्वपूर्ण राजनीतिक निर्णय लिनका लागि छलफल गर्नु पर्ने भएकाले दमकमा आउने कार्यक्रम स्थगन भएको ओलीका स्वकीय सचिब अनिश दाहालले बताएकाछन् ।
ओलीको सहभागितामा दमक स्थित आम्दा अस्पतालको नवनर्मित आइसीयू भवन उद्घाटन र दमक नगरपालिकालाइ जापानी राजदूतावासले बारुणयन्त्र प्रदान गर्ने कार्यक्रम रहेको थियो ।



