दमक/झापाको दमकस्थित आम्दा अस्पतालमा आइतवारदेखि आइसियू सेवा शुरु भएको छ । दूइ करोडको लागतमा निर्मांण भएको आइसीयू भवन सहितको आसीयू कक्षको आइतवार जापानी राजदूत मसासी ओगावाले उद्घाटन गरेकाहुन् ।
साथमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारीको उपस्थिति रहेको थियो । उनिहरुले आइसीयू कक्षभित्र पसेर अवलोकन समेत गरेको थिए ।
आम्दा अस्पतालका मेसु डा.नबिन ढकालका अनुसार दूइ करोडको लागतमा भवन सहितको आइसीयू सेवा शुरु गरिएको हो । यसमा १ करोड जापानी रादूतावासको सहयोग रहेको छ । ढकालले यो सेवा शुचारु गर्न सहयोग गर्ने सबैप्रति आभार समेत प्रकट गरे ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गिता अधिकारी गम्भिर बिरामी भएर आएका बिरामीहरुको पनि अब उपचार सहज हुने बिश्वास लिइएको जनाएका थिए । यो दमकको स्वास्थ्य क्षेत्रका लागि एउटा एउटा राम्रो कदम भएको पनि उनिहरुको भनाइ रहेको थियो ।
भिडियो सहित
https://youtu.be/OnqKrNIUCJ4



