जापानी राजदूतावासले झापाको दमक नगरपालिकालाइ सुबिधा सम्पन्न र अत्याधूनिक बारुणयन्त्र प्रदान गरेको छ । आइतवार एक कार्यक्रमबीच जापानी राजदूत मसासी ओगावाले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाइ बारुणयन्त्रको चाबी हस्ताण्तरण गरेकाछन् ।
नगरपालिका र आसपासको क्षेत्रमा यसले अग्नि नियण्त्रणमा ठूलो टेवा पुग्ने अपेक्षा रहेको बताईएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यो सहयोगप्रति आभार प्रकट गर्दै अन्य सहयोगको बिषयमा आगामि दिनहरुमा थप छलफल हुने जनाईएको छ ।
दमक नगरपालिकाकी उपमेयर गिता अधिकारीले जापानी राजदूतवास तथा राजदूतप्रति आभार प्रकट गर्दै यो सहयोगप्रति नगरबासीको तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन नगरपालिकाका समिप चुडालले गरेका थिए ।
हेर्नुहोस भिडियो
https://youtu.be/V-bJF1d89oQ



