काठमाडौं, ५ असोज । नेपाल प्रहरीका चर्चित अफिसर (डीआईजी) रमेश खरेल संयुक्त राष्ट्रसंघको प्रहरी फिल्ड कमाण्डरबाट राजीनामा दिएर स्वदेश फर्किने भएका छन् ।

१८ महिनाअघि राष्ट्रसंघको प्रहरी इकाईको फिल्ड कमान्डर बनेर सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी)मा पी–४ अधिकृतका रुपमा कार्यरत खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किन लागेका हुन् ।

यो कुराको जानकारी डीआईजी खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् । उक्त जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतहरुलाई ‘कमान्ड’ गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् ।

‘यस्तो विशिष्ट अवसर प्रदान गरिदिएकामा नेपाल प्रहरी, गृह मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्रसंघप्रति आभारी छु,’ उनको फेसबुक स्टाटसमा उल्लेख छ, ‘र, द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने अवसर दिने सबैप्रति कृतज्ञ छु ।’

उनले दुई वर्षका लागि उक्त जिम्मेवारी पाएका थिए, जसलाई चार वर्षसम्म लम्व्याउन सकिन्थ्यो । १८ महिनामा सिकेका कुरा स्वदेश फर्केर कार्यान्वयनमा ल्याउने उनले बताएका छन् ।

मासिक २२ लाख तलब खाने जिम्मेवारी छोडेर किन फर्किदैछन् खरेल ?

एसएसपी हुँदा २२ लाख भन्दा बढी तलब भएको राष्ट्रसंघको प्रहरी ईकाइ कमाण्डर बनेका खरेल अहिले डीआईजीमा बढुवा भइसकेका छन् । र, अवधि बाँकी छँदै राष्ट्रसंघमा राजीनामा दिएका छन् ।

सुत्रहरुका अनुसार यसमा उनलाई प्रहरीको भावी नेतृत्वको दौडका रुपमा हेरिएको छ । ३० वर्षे सेवा अवधिको हद कायमै रहे हालका आईजीपी प्रकाश अर्यालसहित उनको ब्याचका सबै अधिकृत आगामी २९ चैतदेखि अनिवार्य अवकाशमा पर्नेछन् ।

त्यसपछि प्रहरीको नेतृत्व खरेलकै ब्याचको हातमा आउने छ । उनीसहित सर्वेन्द्र खनाल, पुष्कर कार्कीलगायत अधिकृत भावी महानिरीक्षकको उम्मेदवार बन्ने छन् ।

खरेल १ फागुन ०४५ मा खेलाडीका रुपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । खनाल, कार्कीलगायत अधिकृत त्यसको एक वर्षपछि २९ माघ ०४६ मा प्रहरीमा प्रवेश गरेका हुन् । उनीहरुको ब्याचले उछिन्न नखोजे खरेल स्वतः महानिरीक्षक बन्ने बाटो खुल्नेछ । प्रहरी वृतमा पहिला रमेश खरेललाई आईजीपी बनाउने र पछि सर्वेन्द्र खनाल पनि बन्ने चर्चा छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah