तपाइँ कुमारी हो या होइन ?
यो प्रश्न महिलाहरुलाई सोध्न हुदैँन किनभने यो प्यूरिटि(पवित्रता) सगँ सम्बन्धित विषय हो । यसले छोरीहरु र नारीलाई अपमान गरेको ठहरिन्छ । त्यसैले अबदेखि नसोध्नुहोला कसैलाइ पनि । यो प्रश्न नसोध्नै अनुरोध गर्छु म । म जवाफ दिन चाहन्न ।
यति राम्री हुनुहुन्छ, प्रस्ताव त टन्नै आउँछन् होला, कसरी झेल्नुहुन्छ त्यस्तो कुरालाई ?
आउँछ नि । यदि केटि भएर केटाहरुले हेरेनन् भने, महिला भएर प्रस्तावहरु आएनन् भने यो त जिन्दगीमा सहनै नसकिने कुरा हुन्नछ । त्यसकारणले प्रस्ताव आउँनपनि पर्छ । जति आयो त्यति क्रेज बढ्छ । प्रस्ताव आएको मलाई एकदम मनपर्छ । म रेस्पोन्स पनि गर्ने गर्छु । ए मलाई फलानाले यस्तो भन्यो भनेर म त्यसलाई नकारात्मक रुपले हेर्दिन । धेरै मान्छेहरु म सगँ त्यस्तो कुरा गर्न डराउँनुहुन्छ । डराउँनुहुन्छ जस्तो लाग्छ मलाई अप्रत्यक्ष रुपले प्रस्ताव गर्ने कुराहरु थाहा हुन्छ नि त । छोरी मान्छे हो नि, मलाई कत्ति कुराहरु थाहा छ ?
कुनै समय गहिरो प्रेममा पर्नुभएर प्रेम गर्न नचाहेको हो र ?होइन ।
म त एकदम प्रेम गर्ने मान्छेमा पर्छु । मेरो स्कलुको साथी एकजनालाई म यस्तो मन पराउँथे, सुरुसुरुको टिनएजको लभ त कस्तो गहिरो हुन्छ नि । आहा हेर्न पाए हुन्थ्यो। फेरि भेट्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यति मिठो हुन्छ नि त्यो । वास्तावमा त्यो इम्याचुरिटि हो । त्यो उमेरको कारणले गर्दा आउँने । यसमा चाहिँ कत्ति मान्छेहरुले विवाह गरेर आफ्को जिन्दगी बर्बाद गर्छन् तर जो मान्छेले त्यहिबेलामा म केहि बन्नु छ, मैले केहि गर्नु छ भनेर सोच्छ, त्यो मान्छेहरु ठ्याक्क आफ्नो बाटो लाग्यो भने राम्रो हुन्छ ।
त्यसकारण अलि सतर्क हुनुपर्छ जस्तो लाग्छ । त्योबेलामा यताउता सिकाउँने मेरो म्याडमहरु हुनुहुन्थ्यो स्कुलको । म आज पनि सानो सानो नानीहरुलाइ भन्ने गरेको छु, ‘ए छिटो विहे नगर है, लभ नगर्नु है अहिल्यै, पछाडिपटि मोटरसाइकलमा टासिँएर नहिड्नु है, लगेर कहाँ छोडिदिन्छ तिमीलाइ, जिन्दगी बर्बाद हुन्छ । तिमी डिप्रेसनमा जान्छौँ । त्यसकारणले प्रेम गर्नु तर मरिहत्ते गरेर चाहिँ नगर्नु ।’ मलाई मेरो म्यामहरुले भनेको कुरा याद आउँछ अहिले । अहिले करियर बनाउने हो भने दायाँ वायाँ नसोच्नु भन्नुहुन्थ्यो मलाइ मेरो म्याडमले । त्यो कुरा सधैँ मेरो दिमागमा आइरहन्थ्यो र आज पनि छ मेरो दिमागमा ।
विवाहको सोचमा हुनुहुन्छ ?
छ पनि छैन पनि । इमान्दारितापूर्वक भन्दा विहेलाई प्रथामिकता दिएको छैन । मान्छेहरुले कुरा गरिरहन्छन् । आफन्तले गर्छन्, साथीहरुले गर्छन्, नाता पर्नेहरुले गर्छन् । मेरो घरमा बुबाआमाले खासै कर गर्नुभएको छैन । मेरो परिवारमा कसैले पनि कर गर्दैनन् । मेरो आमाले भन्नुहुन्छ , ‘तिम्रो बेलामा म जन्मिएको भए म विवाह गर्दिन थिएँ , यस्तो सुन्दर जिन्दगी पाएकी छाैं त्यसकारणले यो सुन्दर जिन्दगी अर्थपूर्ण रुपले बाँच , के त्यो सधैँ मेरो परिवारलाइ, मेरो श्रीमानको सेवा, मेरो छोराछोरीको सेवा, मेरो फलानोको गरेर के जिन्दगी बिताउनु ?’ मेरो बुबालाइ त हुने कुरै भएन , उहाँ एकदम आध्यात्मिक विचारधाराको हुनुहुन्छ ।नेपाल आजबाट केहि अंश साभार



