आगामी मंसिर १० गते हुने प्रतिनिधित सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा प्रमुख दलका प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका छन । पहिलो चरणमा अन्तर्गत ३२ जिल्लामा निर्वाचन हुँदैछ। प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हिजो मनोनदय दर्ता भएको हो ।

पहिलो चरणको निर्वाचनमा केही हेभिवेटु नेताहरुबीच चुनावी भिडन्त हुँदैछ। गोरखा २ मा प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र माओवादी केन्द्रका पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ। भट्टराईलाई नेपाली कांग्रेसको समर्थन छ भने श्रेष्ठ वाम गठवन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको छ । उहाँहरु बीचको चुनावी भिडन्त रोचक हुने देखिएको छ। नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ गोरखा १ बाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएको छ। यस्तै पूर्वमन्त्री तथा माओवादी नेता अग्नी सापकोटाले सिन्धुपाल्चोक १ बाट वाम गठवन्धनका तर्फबाट उम्मेदवारी दिँनुभएको छ । राणालाई नेपाली कांग्रेसको समर्थन छ । उहाँलाई एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाले टक्कर दिनुभएको छ । सिन्धुपाल्चोक १ मा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत उम्मेदवार बन्नुभएको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिधि सभाको उम्मेदवार बन्नुभएको छ । उहाँको प्रतिष्पर्धिमा नेपाली कांग्रेका केशव प्रसाद दाहाल हुनुहुन्छ । भट्टराई एमालेभित्र प्रभावशाली नेता हुनुहुन्छ । पहिलो पटक गृहजिल्लाबाट चुनावी मैदानमा उत्रनु भएका भटराई भावी मन्त्रीका रुपमा हेरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नुवाकोटबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत उठनुभएको छ । उहाँको प्रतिष्पर्धामा माओवादीका हितबहादुर तामाङ हुनुहुन्छ । यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेसभित्र केसी र महत निकै प्रभावशाली मानिनु हुन्छ ।

जाजरकोटबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता राजिव विक्रम शाह र वाम गठवन्धनबाट पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत चुनावी मैदानमा हुनुहुन्छ । जाजरकोटमा बस्नेत र शाह दुवै जनतामाझ पपुलर हुनुहुन्छ । यस्तै रोल्पाबाट माओवादी नेता वर्षमान पुन वाम गठवन्धनबाट र कांग्रेसको तर्फबाट अमरसिंह पुन प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ ।

यस्तै माओवादी नेताला कुलप्रसाद केसी केसी रोल्पा रुकुमबाट प्रदेश सभा उम्मेदवार बन्नुभएको छ । लमजुङबाट माओवादी पूर्वमन्त्री देवप्रसाद गुरुङ र प्रदेश सभामा एमाले सचिव पृथ्वी सुब्वा गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । दुवै नेता पार्टीभित्र र नेपाली राजनीतिमा प्रभावशाली मानिुनु हुन्छ ।

यस्तै पूर्व सञ्चार मन्त्रीसमेत रहनुभएका एमाले पोलिटब्युरो सदस्य शेरधन राई भोजपुर २ बाट प्रदेससभा उम्मेदवार बन्नुभएको छ भने पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे धादिङ, पशुपति चौलागाई दोलखा, अरुण नेपाल सिन्धुपाल्चोकबाट उम्मेदवार बन्नुभएको छ । यसैगरी चर्चित युवा नेता पार्वत गुरु दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको छ । उहाँलाई कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खडकाले टक्कर दिनुभएको छ ।

अनेरास्वबियूका पूर्वअध्यक्ष एव एमाले केन्द्रीय सदस्य राजेन्द्र राई पनि भोजपुर १ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । यस्तै ओखलढुंगामा एमाले नेता यज्ञराज सुनुवार र कांग्रेस नेता रामहरि खतिवडाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेता ओखलढुंगामा लोकप्रिय हुनुहुन्छ । यसअघि सुनुवार क्षेत्र नं १ र खतिवडा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम पूर्वी भाग, रोल्पा, रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah