दमक/ झापा बिर्तामोडकी एक किशोरीले आफ्नो फेसबुक वालमा आफू मर्दै गरेको संकेत दिएर आत्महत्या गरेपछि अहिले यो बिषय सामाजिक सञ्जालमा चर्चा बिषय भएको छ र उनिप्रति सहानूभूति प्रकट गरिरहेकाछन् ।
२० बर्षिया रिचा सेढाइले आफ्नै कोठामा आत्महत्या गरेकी थिइन् । अहिले झापामा युवाहरुले आत्महत्या बिरुद्धको अभियान चलाइरहेको अवस्थामा एक किशोरीको आत्महत्याले धेरैको मनमा चोट पुर्याएको छ ।
आत्महत्या समस्याको सामधान होइन भन्ने बिषय अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति आएको छ । मृतकको फेसबुकमा नै ट्याग गरेर यो बिषयलाइ भाइरल बनाईएको छ ।
तर उनको मृत्युको कारण के थियो ? किन यो अवस्था आयो सबै अनबिज्ञ रहेको छन् । आ आफ्नै अनुमान लगाइरहेकाछन् ।
तर प्रज्ञा पोखरेलको फेसबुकवालमा आफ्नो सामाजिक सञ्जालमा निक्कै मार्मिक शब्द लेखेकीछन्
सर्वप्रथम हार्दिक श्रद्धाञ्जली ती दुष्ट आत्माप्रती पनि जस्ले एक मृत शरिरलाई लिएर अनैकौ टिप्पणी गरेर प्रश्न तेर्साउदै छन्। अस्तिसम्म उस्लाई खबरसम्म सोध्न नभ्याउनेहरु आज आएर “तलाई कुनै समस्या थियो भने मलाई किन भनिनस्? किन यस्तो गरिस्?” भनेर प्रश्न तेर्साउदैछन्।
ए मूर्ख हो! आफ्नो वरिपरिको, औलामा गन्न मिल्ने साथिको जिवनमा के चलिराछ त्यो नियाल्ने गर न। उस्ले भन्छ भनेर पर्खिनु भन्दा आफुले पनि सोध्ने गर्नुपर्छ। उस्ले किन आत्महत्या गर्यो भनेर जान्न निकै उत्सुक देखिन्छौ तर उस्को नजिकको साथीहरू मध्य कोहि एकजनाले मात्रै उस्को कुरा सुन्ने, उस्लाई हौसला प्रदान गर्ने काम गर्या भए सायद आज उनीपनी हामी माझ जिवित हुन्थिन्।
“Suicide” सोच्ने बित्तिकै सम्पन्न गरिने कार्य अवश्य हैन यो, विगत केही समय देखि नै उनी आफ्नो जिवनबाट भाग्न चाहान्थिन्, सायद उनी एक्लो महसुस गर्थिन, frustration थियो। त्यो बेला कसैले उस्लाई सकारात्मक बाटो तर्फ धकेलेको भए आज यो सब हुन्न थियो। जे हुनु भइहाल्यो, न त अब उन्लाई फर्काउन सकिन्छ न त सत्यलाई टार्न सकिन्छ। त्यसैले अलिकति मानवता हजुरहरुमा छ भने उन्को टाइमलाइनमा गएर तेस्ता प्रश्न नतेर्साउनु जस्को उत्तर कहिले आउने छैन, भोलीको दिन तिनै प्रश्न उन्को परिवारको निम्ति घाउमा नुन छरे सरह हुन सक्छ। सक्नुहुन्छ भने सङ्कल्प गर्नुहोस् कि भोलीको दिन अर्को Reecha Sedhai ले आत्महत्या गर्ने छैन।
आफ्ना वरिपरिको साथिको केही गतिविधिहरु नियाल्नुहोस्, ता कि कसैले भोलिको दिन एक्लो महसुस गरेर ज्यान त्याग्नु नपरोस्। भोलिको दिन हामी पनि त्यहि अवस्थामा आउन सक्छौ जहा हिजो उनी थिइन् त्यसैले उस्को कुरा सुन्नुहोस्, आफ्नो सुनाउनुहोस्। एकातिर केही मानिस मृत्यु सङ्ग लडेर जिवनको भिख माग्दै हुन्छन् अनि अर्को तिर हामी कति सजिलै जीवन समाप्त गर्न लागिपर्छौ।
मृत आत्माले बैकुण्ठमा बास पाओस्, नगर्नुपर्ने काम गर्यौ बैनी। अब तिम्रो आत्मा सन्तुष्टिको कामना बाहेक अरु केही गर्न सक्दैनौ😑
#सुरुवात_म_परिवर्तन_हामी✌

यति धेरै आत्महत्या भइरहेको छ तर यस बिषयलाइ गम्भिरता पूर्वक लिएर अनुसन्धान भएको पाइदैन । किन मानिस आत्महत्यासम्म पुग्यो ? कसले पुर्यायो ? किन पुर्यायो ? यि बिषयहरु खोजेर कुनै कारक भए त्यो सार्वजनिक भएमा पक्कै पनि न्यूनिकरण हुन सक्थ्यो होला ?
सचेत ब्याक्ति र बिगतमा आत्महत्या बिरुद्ध बोल्ने ब्याक्तिले नै आत्महत्या गरेको पाइन्छ । यस्तो किन भइरहेको छ ? हाम्रो समाज र हामी कता गइरहेका छौ ? कस्को कमजोरी हो प्रश्नहरु उब्जि रहेको छ । कतै हामी र हाम्रो समाज नै यसको कारक त होइन ?



