राप्रपाले काँग्रेससंगको गठबन्धन सहित आफूहरु प्रतिनिधिसभामा उठ्ने क्षेत्रहरु छनौट गरेका दिन नै नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफू झापा क्षेत्र नं.३ बाट प्रत्यक्ष निर्वाचन लड्ने ठोकुवा गरेकाछन् ।

आफूलाइ समानूपातिकमा राखिएको प्रति आपत्ती जनाउदै आफू प्रत्यक्ष चुनाव लड्ने आफ्नै निर्वाचन क्षेत्रमा भएका कार्यक्रममा बोल्दै आफ्ना मतदाताहरुलाइ यस्तो बताएकाहुन् ।

सिटौलाले चुनावी तालमेलको नाममा आफ्नो क्षेत्र छाड्न नसक्ने भन्दै तालमेलको कडा बिरोध समेत गरेकाछन् । निर्वाचनमा हारजित स्वभाविक भएको भन्दै उनले जनतामाझ जाने जनाए ।

उनले भने-“हारेको बेला पनि म उपप्रधानमन्त्री बनेको थिएँ, म सांसद बन्नका लागि मात्र होइन, पार्टीलाई चलायमान बनाउन मेरो प्रत्यक्षतर्फको उम्मेदवारी हुनेछ ।”

राप्रपालाइ भने अब यसले सकस पर्ने निश्चित भएको छ । राप्रपाले चुनावी तालमेलको बिषयमा सहमति भएर नै सरकारमा सामेल भएको भन्दै यो क्षेत्रमा अड्डि कसेको थियो । देउवाले यो दिन तयार भएको राप्रपाका एक नेताले बताएकाछन् ।

राप्रपाले काँग्रेससंगको सहमति र तालमेल अनुसार नै झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन लाइ उठाउने निर्णय भइसकेको जानकारी गराएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको दोस्रो चरणका लागि पाँच स्थानमा उम्मेदवारको टुंगो लगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah