बिष्णुप्रसाद पोखरेल/दमक 

गतबर्ष झै झापामा यो बर्षपनि डेंगु रोगको महामारी फैलिएको छ । गतबर्ष झापाको दमकमा देखिएको महामारी यो पटक बिर्तामोड नगरपालिकामा सबैभन्दा बढि देखिएको छ ।

डेंगुका बिरामीहरु सिमा नजिकै रहेको भारतको सिलगुढीमा गएर उपचार गराउन थालेकाछन् । बिभिन्न अस्पतालहरु आफूखुसि रुपमा डेंगुको बिरामीको संख्या सार्वजनिक गरेपनि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले भने तिहारको बिदा हुनु अघिल्लो दिनसम्मको तथ्याङ्कमा ८१ जनामा डेंगुको संक्रमण भएको देखिएको पुष्टि गरेको छ । यसमा सबैभन्दा बढि बिर्तामोड नगरपालिकाका बिरामी रहेकाछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका मधुसुदन कोइरालाका अनुसार डेंगुबाट १ जनाको मृत्यु भएको र १ सय २० भन्दा बढिमा संक्रमण भएको भनिएपनि यसमा सत्यता रहेको छैन ।

कार्यालयले यस बिषयमा अध्ययन गर्न र याकिन बिवरण पत्ता लगाउनका लागि कर्मचारी खटाएको समेत उहाँले जानकारी दिनु भयो । आफूहरुको जानकारीमा कसैको पनि डेंगुका कारण मृत्यु भएको खबर प्राप्त भएको छैन ।

बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साहको डेंगुका कारण मृत्यु भएको रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले बताउनु भएको थियो ।

केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण स्वास्थ्य जाँचका क्लिनिक आएपछि जाँच गरेर नजिकको अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको उहाँको भनाइ रहेको थियो ।

बिर्तामोडको बिएण्डसि अस्पतालले पत्रकार सम्मेलन गरेर नै ९० जना डेंगु संक्रमण भएका बिरामीहरु सफल उपचार पछि घरफर्किएको जनाएपछि जन स्वास्थ्य कार्यालयले यस बिषयमा चासो दिएको छ ।

गत साउनदेखि हालसम्म ८ सय ८४ डेंगू रोगको परीक्षण गर्दा १ सय २० जनामा डेंगू रोग देखा परेको बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइले बताउनु भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालय सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा डेंगु रोगको निशुल्क परिक्षणको ब्यवस्था मिलाएको बताएको छ ।

जन स्वास्थ्य प्रमुख कोइरालाका अनुसार दमक अस्पताल, मेची अञ्चल अस्पताल लगायत सरकारी सबै स्वास्थ्य केन्द्रहरुमा डेंगुको निशुल्क परिक्षणको ब्यवस्था मिलाइएको छ । यो एकप्रकारको भाइरल भएकाले चिकित्सकको प्रत्यक्ष निगरानीमा बस्दा आत्तिनु नपर्ने बिशेषज्ञहरुको भनाइ रहेको छ ।

डेंगू रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउँको दुख्ने, हाडजोर्नी दुख्ने लगायतका समस्या आउने गर्छ । मानिसको रगतमा हुने रक्तकोशिकाकमी हुदै गएमा अस्पतालमा भर्ना हुनु पर्ने चिकित्सकहरुको सल्लाह रहेको छ ।

एडिस नामक पोथी लामखुट्टेको टोकाईले यो रोगको संक्रमण फैलने गर्छ । सबैभन्दा बढि डेंगुका बिरामीहरु फेला परेको बिर्तामोड नगरपालिकाले पनि रोग नियण्त्रणका लागि काम शुरु गरेको जानकारी दिएको छ ।

बिर्तामोड नगरपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र दंगालका अनुसार सचेतना फैल्याउनेदेखि लिएर लामखुट्टेका श्रोतहरु नष्ट गर्नेसम्मका कामहरु तिब्र रुपमा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah