नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच वाम गठबन्धन भएपछि नेपाली कांग्रेस लोकतान्त्रिक गठबन्धन निर्माणमा लागेको छ । तर राजपा, संघीय समाजवादी फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग गठबन्धन गर्न लागेको कांग्रेसलाई ति दलहरुले हैसियतभन्दा बढि सिट मागेपछि समस्या परेको छ । एकातिर गठबन्धन गर्नुपर्ने बाध्यता, अर्कोतिर सहमति जुटाउन कठीन । यिनै विषयमा नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालासँग ऋषि धमलाले कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पहिलो चरणको चुनावका लागि पार्टीले छानेको उम्मेदवाविरुद्ध बागी उम्मेदवाहरु पनि देखिए । किन यस्तो भयो ?
उम्मेदवारका आकांक्षी धेरै छन् । एउटा क्षेत्रमा एक जनालाई मात्र टिकट दिनुपर्ने हुन्छ । कतिपयले चित्त बुझाउँछन्, कति बागी बन्छन् । अब गर्ने के ? हामीले त सोच विचार गरेर राम्रैसँग व्यवस्थापन गर्ने प्रयास गरेका छौँ ।

टिकट दिन नसकिएका तर असन्तुष्ट बनेका नेताहरुलाई किन सम्झाउन सक्नुभएन ?
हामीले सम्झाउने काम गरिरहेका छौँ । असन्तुष्टी हुनु स्वभाविक नै हो । तर सम्भव भएसम्म व्यवस्थापन गरिरहेका छौँ । कतिपयले आफैँ जित्ने दाबी गर्दै हाम्रो कुरा सुन्दैनन्, मान्दैनन् । कतिले अन्तरघात पनि गर्न खोज्छन् । जुनसुकै पार्टीमा पनि यस्तै छ ।

तपाईहरुको जिम्मेवारी असन्तुष्ट पक्षलाई पनि व्यवस्थापन गर्ने होइन ?
व्यवस्थापन गरिरहेका छौँ । नगरेको भए त अझ धेरै ठाउँमा समस्या देखिन्थ्यो ।

तपाईहरुले भन्दा पनि नमान्ने असन्तुष्ट तथा बागी उम्मेदवाहरुलाई कारबाही गर्न सक्नुहुन्छ ?
त्यसरी बागी उम्मेदवार दिनेसहित प्रस्तावक र समर्थकलाई कारबाही गर्ने व्यवस्था त पार्टीले गरेकै छ नि ।

दोस्रो चरणको चुनावका लागि कुन दलसँग कसरी तालमेल गर्ने योजना छ ?
मधेशमा राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलको प्रयास भइरहेको छ । अन्य दलहरु राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग पनि तालमेल गछौँ ।

कमल थापासँग त तालमेल गर्नुहुँदैन भन्ने आवाज पार्टीभित्रै उठेको छ नि ?
तालमेल गर्न चाहने दलहरुले के बुझ्नु जरुरी छ भने आफ्नो दलको २ हजार भोट भएको ठाउँमा कांग्रेसको १८ हजार भोट छ भने त्यो क्षेत्र आफुलाई चाहिन्छ भन्न मिल्दैन । कांग्रेससँग तालमेल गर्न चाहनेले यो कुरा बुझ्नुपर्छ । हामीले त आफु कमजोर भएको ठाउँमा अरुलाई सहयोग गर्ने हो । हामी बलियो भएको ठाउँमा हामीलाई सहयोग गर्नुपर्छ ।

पहिलो चरणमा राप्रपालाई कति सिट दिनुहुन्छ ?
कमल थापा नेतृत्वको राप्रपालाई कति सिट दिने भन्ने टुङ्गो लागिसकेको छैन । उहाँहरुले धेरै ठाउँ माग्नुभएको छ । उहाँहरुले मागे जति दिन सकिदैन ।

किन ?
उहाँहरुले झापाको क्षेत्र नम्बर ३ माग्नुभएको छ । हामी दिन सक्दैनौँ । त्यहाँबाट हाम्रो पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जित्ने ठाउँमा कसरी दिने ?

पहिला त झापा ३ राप्रपालाई दिने भनि सम्झौता गर्नुभएको होइन ?
सम्झौता भएकै छैन । त्यसरी दिन थालियो भने त कांग्रेस किन चाहियो ? मधेशमा मधेशी दललाई छोड्ने, पहाडमा अरुलाई दिने, अनि नेपाली कांग्रेस पार्टी कहाँ रह्यो ? कसैसँग पनि लिखित सम्झौता भएको छैन । झापा ३ र दैलेखमा पनि हामी छोड्न सक्दैनाँै । दैलेखमा कमल थापाको पार्टीलाई १७ सय भोट आउँदा कांग्रेसलाई १८ हजार भोट आएको छ । कसरी दिन सकिन्छ ? कमल थापाले नेपाली कांग्रेसलाई सिध्याउने खेल त खेलिरहनुभएको छैन ? उहाँहरुको बाँकेमा बलियो छ भने दिउँ । कमल थापाको लागि मकवानपुर मागिएको छ, त्यसमा हामी तयार हुनुपर्छ । जायज कुरा त हामी मान्छौँ नि । तर जहाँ उहाँहरुको जनमत नै छैन, त्यहाँ त दिन सकिदैन ।

कसरी तालमेल सम्भव छ त ?
कमल थापाजी राष्ट्रिय नेता हो । उहाँलाई हामीले छोड्नुपर्छ । तर उहाँले माग्दै जाने हामीले दिदै जाने गर्न सकिदैन ।

बिरगंजमा राप्रपाका राजिप पराजुलीलाई दिन लाग्नुभएको हो ?

बिरगंजमा राप्रपाको कति भोट छ ?

राप्रपालाई सात सिट दिने सहमति भएको होइन ?
उहाँहरुले नौ सिट माग्नुभएको छ । तर कहाँ कहाँ बलियो छ भनेर नौवटा ठाउँ देखाउन सक्नुप¥यो नि । मलाई त के डर लागिरहेको छ भने नेपाली कांग्रेसलाई समाप्त पार्ने खेल भइरहेको छ ।

मधेशमा राजपा र समाजवादी फोरमले कति सिट मागेका छन् ?
मधेशमा भएका ३२ सिटमध्ये २४ वटा सिट राजपा र फोरमले मागेका छन् । अब दिने हामीले ? २४ सिट दिएर हामी केमा राजनीति गर्ने ? उहाँहरुको क्षेत्रीय पार्टी हो । राष्ट्रिय पार्टी होइनन् । उहाँहरुले यो कुरा मान्नुपर्छ । प्रदेशमा धेरै लिनुस्, केन्द्रमा हामीलाई धेरै दिनुस् भनेका छौँ । यहाँ त नेपाली कांग्रेसलाई समाप्त पार्ने खेल खेलिदैछ । पहाडमा दुईवटा कम्युनिष्टहरु मिले । तराईमा मधेशी दलहरुलाई दिएपछि कांग्रेस कहाँ रहन्छ ?

त्यो कुरा त तपाईहरुल नेतृत्व तहका नेताले बुझ्नुपर्ने होइन ?
मैले बुझेको छु । सहमति भनेको कहाँ कसले जित्न सक्छ भन्ने कुरा अध्ययन गरेर गर्नुपर्छ ।

कांग्रेसले एक्लै चुनाव लड्न नसकेर लोकतान्त्रिक गठबन्धन बनाउन लागेको हो ?
त्यस्तो होइन । हामी एक्लै चुनाव लड्ने आँट गर्न सक्छौँ । तर कम्युनिष्टहरुले गठबन्धन गरेपछि अधिनायकवाद ल्याउने बाटोमा हिँड्न लागेका छन् ।

नेपालमा कम्युष्टि शासन आउन सक्छ ?
आउन सक्छ वा सक्दैन भन्ने कुराभन्दा पनि एमालेका केही नेताहरुले दिएको अभिव्यक्तिले आशंका उब्जिएको छ । योगेश भट्टराई, जो एमालेका सचिव छन्, उहाँले बोलेको कुरा सम्झिनुस् । दुई दलको अहिलेको प्रक्रिया पहिलो खुट्किलो हो । पछि एक दलीय शासन ल्याउने कुरा गरिरहेका छन् । दुई दलको भित्रि चाहना पनि यही हो । त्यसैले लोकतान्त्रिक गठबन्धन जरुरी भएको हो । तर सबै कुरा गुमाएर कांग्रेसले गठबन्धन बनाउन सक्दैन ।रिर्पोटसनेपालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah