नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय सदस्य गगनकुमार थापालाई पार्टीको केन्द्रिय प्रवक्ता बन्नको लागि प्रस्ताव गरेका छन् । मंगलबार देउवाले थापालाई प्रवक्ता बन्नको लागि आग्रह गरेका हुन् । थापाका नजिक रहेका सविन बाबु मुडभरीले आफ्नो फेसबुक स्टाटसमा उक्त कुराको उल्लेख गरेका छन् । सभापति देउवाको प्रस्तावलाई नेता थापालाई सकारात्मक रुपमा लिएका छन्। सम्भवत थापा प्रवक्तामा भोलिनै तोकिनेछन्।



