काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन नजिकिदै जादा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को सम्बन्ध कसिलो बन्दै गएको छ ।

बागी-बिद्रोही उम्मेदवारी दर्ता हालेका नेताहरुले समेत धमाधम उम्मेदवारी फिर्ता लिन थालेका छन् ।

टिकट वितरणमा असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई शिर्ष नेताहरुले सम्झाउन थालेपछि एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच पनि सम्बन्ध र सहकार्य कसिलो बन्दै गएको छ ।

केन्द्रमा जस्तै प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा सयुक्त निर्वाचन परिचालन कमिटि बनाएर उम्मेदवारहरु प्रचारमा जाने थालेका छन् ।  पछिल्लो समयमा एमाले र माओवादीबिच सबैभन्दा तित्त सम्बन्ध चितवनको भएको थियो । चितवन भरतपुर उपमहानगरपालिकाको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल र  एमाले नेता देवी ज्ञवालीको प्रतिस्पर्धाले सम्बन्ध तित्त भएको थियो । तर, देवी ज्ञावलीले समेत प्रचण्डलाई जिताउने अभियानमा लाग्छु भनेर प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, ‘एकपटकको तिक्तता राजनीतिमा सधैँको तिक्तदा हुँदैन । देशको आवश्यकताले गर्दा मैले प्रचण्डलाई नेता मानिससकेको छु । यसले नै देखाउछ की एमाले र माओवादीको सम्बन्ध कसिलो बन्दै गयो भनेर ।’

धमाधम उम्मेदवारी फिर्ता
शिर्ष नेताहरुले सम्झाएपछि व्रिदोही उम्मेदवारहरुले धमाधम उम्मेदवारी फिर्ता लिएका छन् । रामेछापमा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठविरुद्ध उम्मेदवारी दिएकी लक्ष्मी गुरुङले उम्मेद्वारी फिर्ता लिएकी छन्। यता जाजरकोटमा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा दिएको उम्मेदवारी औपचारिक रूपमै फिर्ता लिएको छ भने एमालेमा असन्तुष्ट रहेका गोविन्दविक्रम शाहले स्वतन्त्र उम्मेद्वारी समेत फिर्ता लिएका छन्।

त्यहाँ पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत गठबन्धन उम्मेद्वार छन्। पार्टीको पत्र नपुगेको भन्दै एमालेले पनि जाजरकोटमा उम्मेदवारी दिएको थियो। एमालेले जाजरकोटमा प्रतिनिधि सभा र प्रदेश सभा दुबै उम्मेदवारी दिएको थियो। पूर्वी रुकुममा माओवादी केन्द्रकी कमला रोकाविरुद्ध उम्मेदवारी दिएका माओवादी केन्द्रकै तेजेन्द्र खाम मगरले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

हुम्लामा पनि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिमी दोर्जे लामाले उम्मेद्वारी दिएका थिए। उनका विरुद्ध माओवादी केन्द्रकै छक्कबहादुर लामाले स्वतन्त्र हैसियतमा बागी उम्मेद्वारी दर्ता गरेका थिए। लामाले पनि उम्मेदवारी फिर्ता लिएका छन्। त्यस्तै बाग्लुङमा प्रदेश सभाको २ (ख) बागी उठेका दधिराम अर्यालले पनि उम्मेदवारी फिर्ता लिएका छन्।  पार्टीको केन्द्रीय निर्णय अनुसार नै कालिकोट पनि एमालेका बागी उम्मेदवार फिर्ता भएको एमाले कालिकोट अध्यक्ष नागेन्द्र शाहीले जानकारी दिए। नयाँ पेज बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah