बाँके प्रहरीले हातहतियारको कारोवार गर्ने भारतीय नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । हातहतियारको कारोवार भइरहेको सूचनाको आधारमा प्रहरीले जानकी गाउँपालिका–६, डिठापुरबाट भारत बहराइच जियागाउँका २५ वर्षिय रमजान खानलाई कटुवा पेस्तोलसहित बुधवार पक्राउ गरेको हो ।

घरमा बनाइएको उक्त पेस्तोलसहित पक्राउ परेका खानले उक्त पेस्तोल बाँकेका एकजना व्यक्तिलाई विक्री गर्न ल्याएको प्रहरी समक्ष बयान दिएका छन् । उनले यसअघि पनि भारतबाट कटुवा पेस्तोल ल्याएर बाँकेका विभिन्न ठाउँमा विक्री गरेको अनुसन्धानबाट खुल्नमा आएको बाँकेका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सुधीर शाहीले जानकारी दिए ।

खानले भारतबाट ल्याएर नेपाली २० हजार रुपैयाँमा पेस्तोल विक्री गर्दै आएको बनाउँदै शाहीले पत्रकार सम्मेलनमा बताए । उनले पेस्तोल खरिद गर्ने व्यक्तिको पहिचान भइसकेको बताए । पेस्तोल खरिद गर्ने व्यक्तिको ब्याकग्राउन्ड राम्रो नभएको बताउँदै उनले खरिद गर्ने व्यक्तिको बारेमा अनुसन्धान भइरकेको समेत जानकारी दिए ।

आव २०७४/७५ मा ५ वटा अवैध हतियार पक्राउ

प्रहरीले आर्थिक वर्ष २०७४/०७५ मा ५ वटा अवैध हतियारसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यस आवमा २ थान कटुवा पेस्तोल, २ थान एयर गन र १ थान भरुवा बन्दुक पक्राउ गरिएको छ । पक्राउ परेका सबै विरुद्ध हातहतियार खरखजाना विरुद्ध मुद्धा दायर गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) शाहीले बताए ।

उनले पहिलेका तुलनामा पछिल्लो समय हातहतियार ओसार पसार कम भएको बताए । प्रहरीले आव २०७३/०७४ मा एक कटुवा पेस्तोल, एक थान एयर गन र एक थान भरुवा बन्दुक सहित ८ जनालाई पक्राउ गरेको थियो भने आव २०७२/०७३ मा १० थान कटुवा पेस्तोल, २ थान रिवल्भर, रिभल्वर २ र एक थान एयरगनसहित ३४ जनालाई पक्राउ गरेको थियो ।

फरार अभियुक्त पक्राउ

बाँके प्रहरीले कर्तब्य ज्यान मुद्धामा फरार रहेका साविक गंगापुर गाविस–५ का मुन्नालाल मौर्य भन्ने सारदा प्रसाद मौर्यलाई पक्राउ गरि सार्वजनिक गरेको छ । उनी सहित ११ जनाले कर्तब्य गरि फरार रहेका रामचरण गोडिया र गजेन्द्र कुमार मौर्यलाई तत्काल पक्राउ गरि कारागार चलान गरिएको थियो भने साविक गंगापुर गाविस–५ का बाला प्रसाद मौर्यलाई समेत प्रहरीले पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाई सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah