झापाको दमकस्थित रतुवा खोलाको किनारमा छठ पर्वको भब्य तयारी शुरु भएको छ । बिजूली बत्ति, शौचालय, पूजा गर्नेस्थल निर्माण लगायतका कामहरु पुरा भएको छठ पूजा ब्यवस्थापन समितिले जनाएको छ । गतबर्षहरुमा भन्दा यो बर्ष ब्यवस्थापनमा धेरै सुधार रहेको बताइएको छ ।

हजारौ भक्तजन तथा स्थानीयहरु आउने भएकाले सुरक्षा ब्यवस्था पनि कडा बनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रातको समयमा झै झगडा हुनसक्ने भएकाले यसमा छठ पुजा ब्यवस्थापन समितिले पनि स्वयंसेवकहरु परिचालन गर्ने बताएको छ ।

अराध्यदेव सूर्यको अराधना गरी आज छठ पर्व मनाइँदैछ । काठमाडौं लगायत तराई मधेसका विभिन्न जिल्लामा उत्साह र निष्ठाकासाथ धुमधामसँग छठ मनाइँदैछ ।
छठ पर्वमा आज देशभरका विद्यालय तथा सरकारी कार्यालयहरुमा विदा दिइएको छ ।
अत्यन्तै कठिन र चार दिनसम्म चल्ने भएर नै उक्त पर्वलाई महापर्व वा महाव्रत भनिएको संस्कृतिविद्हरु बताउँछन् । छठ पर्वको तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई फलफूलको अर्घ दिएर मनाइँदैछ ।
उपत्यकाका बागमति नदी कुपण्डोल, नख्खु खोला, गुह्येश्वरी तथा बल्खु लगायतका विभिन्न नदीहरुको डिलमा छठिमाताको प्रतिमा स्थापित र अर्घसमाग्रीसँगै छठ पर्व मनाइँदैछ ।

सांस्कृतिवद् डा. रेवतीरमण लालका अनुसार कार्तिक महिनाको अमावस्यामा दिपावलीको छैठौं दिन कार्तिक शुक्लको दिन मनाइने भएर यसलाई छठ भनिएको हो । उनका अनुसार यस पर्वमा छठि माता र सूर्य देवको पूजा विधानकासाथ गरिन्छ ।

छठ व्रत महिला तथा पुरुष दुवैले लिने गर्छन् । यस व्रतमा तेस्रो तथा चौथों दिन निर्जला अर्थात पानी नखाइकन अखण्डव्रत बस्दै सूर्य पूजा गर्ने गरिन्छ । साथै छठि माताको समेत पूजा गरिन्छ ।

ad
संस्कृतिविद् डा. राजेन्द्र विमलका अनुसार छठ व्रत जीवनशक्तिको स्रोत सूर्य उपासनाको अध्यात्मिक पद्धति हो । उनले छठ पर्व आर्यहरुको सूर्य उपासना परम्पराकै एक अंग रहेको जानकारी दिए । उनले सूर्य पुराणमा यस पर्वको वर्णन रहेको बताए ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

व्रतविधि

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सख्खर हालेर बनाइएको खीर ९खरना¬० षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अघ्र्य दिने विधिविधान रहेको स्थानीयवासी जीतेन्द्र झाले बताए ।

षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआरधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । बिहीबार बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । राससको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah