भद्रपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरण अन्तरगत मंसीर २१ गते हुने निर्वाचनका लागि आजदेखि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

योसँगै झापामा औपचारिक रुपमा निर्वाचन सम्बन्धी काम कारबाही पनि प्रारम्भ भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा अन्य निर्वाचन अधिकृतहरुको कार्यालको जिल्ला समन्वयन समितिको कार्यालय झापामा उद्घाटन गर्दै झापाका मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले आचारसंहिताको पालनासँगै निर्वाचनलाई स्वच्छ मर्यादित तथा  भयरहित बनाउन सुरक्षा निकाय, राजनीतिक दलहरु एवम् सञ्चार क्षेत्रलाई आग्रह गरे ।

कार्यक्रममा झापाका निर्वाचन क्षेत्र नं १ देखि ५ सम्मका निर्वाचन अधिकृतहरु क्रमशः शिवप्रसाद पराजुली, इन्दिरा शर्मा, प्रेम खड्का र सकुन्तला कार्कीलगायतले आफ्नो परिचयात्मक मन्तव्य राख्दै सबैको सहयोगमा निर्वाचनलाई स्वच्छ र मर्यादित तरिकाले सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको धाराणा राखे ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले निर्वाचनलाई सम्पन्न गर्न सबै पक्षले सहयोग पुर्याउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah