झापाको क्षेत्र नं. १ बाट उम्मेदवार बनेका बिश्वप्रकाश शर्मा अन्तिम अवस्थामा झापाको क्षेत्र नं. ५ बाट पनि उम्मेदवार बन्ने बहस तिब्र रुपमा भएको छ । शर्माले पनि यस क्षेत्रबाट उठ्नका लागि सकारत्मक भएको काँग्रेसका एक नेताले बताएकाछन् ।

बाम गठबन्धनका कारण १ नम्बरमा धेरै चुनौती थपिएपछि शर्मा ५ नम्बरमा पनि आउन तयार रहेको काँग्रेस श्रोतको भनाइ रहेको  छ । उनि बिहिबार दमकमा यहाँका नेता र अगुवा कार्यकर्ताहरुसंग समेत यस बिषयमा छलफल गरेकाछन् ।

उनका निर्धारीत १ नम्बरका कार्यक्रमहरु छाडेर उनि दमक आउनुलाइ उनको इच्छा यहाँबाट उठ्ने रहेको भन्दै यसले तरग ल्याएको छ । राप्रपासंग चुनावी तालमेल निश्चित भएकाले यो क्षेत्रमा राप्रपाको राम्रो मत भएकाले १ नम्बरमा भन्दा बढि यहाँ मत ल्याउने आन्तरिक आकलन गरेको छ ।

शिर्ष नेतासंग हार्दा त्यो हार नहुने भएकाले शर्मालाइ यहाँ ल्याउनु पर्ने तर्क पनि केहि काँग्रेस नेताहरुको रहेको श्रोतको भनाइ रहेको छ । शर्माका लागि १ नम्बरभन्दा ५ नम्बर अनुकुल भएको काँग्रेस अगुवा कार्यकर्ताहरुले बताएपछि अन्योल सिर्जना भएको पनि बताइन्छ ।

सामाजिक सञ्जालहरुमा भने शर्मा पनि प्रखरवक्ता र देशका लागि चाहिने युवा नेता रहेको भन्दै यहाँबाट नउठाए राम्रो हुने भन्दै आलोचना गरेकाछन् । शर्मालाइ हराउनका लागि यहाँ ल्याउन खोजिएको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना हुने गरेको छ ।

काँग्रेसको स्थानीय समितिले भने शिर्ष नेताहरु तथा बाहिरबाट कोहि केन्द्रिय नेता ल्याएर उठाउदा बिगतको बिभाजनको अन्त्य हुने अपेक्षा लिएर यसै अनुसार शर्मा र कृष्णप्रसाद सिटौलालाइ उठ्न आग्रह गर्दै आएको बताइएको छ ।

काँग्रेसका क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीले शर्मा वा सिटौलालाइ ल्याउन पहल भएको स्वीकार गर्दै निर्णय भने नभएको जनाएका छन् । दूइदिन भित्रै निर्णयमा पुगिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah