झापाको बिर्तामोडमा केहि समयअघि गोली चलेको छ । दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्या गरिएको भन्दै पीडितहरुले प्रदर्शन गरेका थिए ।
प्रहरीले घटनालाइ गम्भिरताका साथ नलिएको भन्दै निकालिएको र्यालीमा प्रहरीले गोली चलाएको पीडितको आरोप रहेको छ । केहि घाइते भएपनि यसको औपचारिक पुष्टि भएको छैन ।
प्रहरीले अश्रूग्यास प्रहार गरेको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले गोली नचलाएको दाबी गरेको छ । प्लाष्टिकको गोली लागेर चार जना घाइते भएको श्रोतले बताएको छ ।
शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न सुरु गरेको हो । तर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न अश्रुग्यास मात्र प्रहार गरेको बताए ।

प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार विर्तामोड बन्दको घोषणा गरेका छन् ।



