झापाको बिर्तामोडको तनाव अझै साम्य हुन सकेको छैन । प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सि भइरहेको बताइएको छ । प्रहरीले बल प्रयोग गरेपछि आन्दोदनकारीहरु झनै उत्तेजित भएकाछन् ।
एक बालको रहस्यमय मृत्युको बिषयलाइ लिएर बिर्तामोडमा बिहानैदेखि प्रदर्शन शुरु भएको थियो । अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको बिषयलाइ प्रहरीले लुकाउन खोजेको आरोप लगाएर प्रदर्शन शुरु भएको अहिलेसम्म जारी रहेको छ ।
अस्रू ग्यास, रबर गोली प्रहार भएपछि बिर्तामोडमा झनै तनाव सिर्जना भएको जनाईएको छ । यद्यपि प्रहरीले आफूहरुमाथि ढुगामुढा भएपछि बल प्रयोग गर्नु परेको बताउदै आएको छ । बिर्तामोड पूर्ण रुपमा बन्द भएको छ । सार्वजनिक सवारी साधनहरु समेत चलेका छैनन् ।



