वाम गठबन्धन पूर्वी रुकुमले चुनावी प्रचार सुरु गरेको छ । आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनले शुक्रबारबाट चुनावी प्रचारप्रसार सुरु गरेको हो ।

पहिलो चरणको चुनावी कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा चुनावी सभा गर्ने र दोस्रो चरणमा घरदैलो कार्यक्रम संचालन गर्ने प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तेजवहादुर ओलीले जानकारी दिए ।

जिल्लाका धेरै भु–भाग भौगोलिक रुपमा विकट रहेका कारण सवै क्षेत्रमा पुग्न समय लाग्ने भएकाले समयमै चुनावी प्रचार सुरु गरिएको उनले बताए । त्यस क्षेत्रका सबै ठाउँमा यातायातका साधन पुग्न नसकेकाले पैदल हिडेर नै प्रचार प्रसारमा जानुपर्ने भएका कारण पनि सबै ठाउँमा पुग्न समय लाग्ने भएकाले छिट्टै प्रचार सुरु गरिएको ओलीको भनाई छ ।

पहिलो चरणको चुनावी कार्यक्रम अन्र्तगत शुक्रबार पुथाउत्तरगंगा गाउँपालिका १२ कोलमा पहिलो चुनावी सभा सम्पन्न भएको छ । उक्त सभालाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमला रोका, प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तेजवहादुर ओली, एमाले रुकुम पूर्वका संयोजक सतमान पुन, माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य होमप्रकाश क्षेष्ठ, दिपेन्द्र छन्त्याल लगायतले सम्बोधन गरेका थिए ।

चुनावी प्रचारमा माओवादी केन्द्र र एमालेका नेता कार्यकर्ताहरुको सहभागीता रहेको छ । वाम गठबन्धन अनुसार रुकुम पूर्वबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सबै सिट माओवादी केन्द्रले पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah