काठमाडौं, १० कात्तिक– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले सम्बृद्ध नेपालका लागि जहाजको गतिमा काम गर्ने बताएका छन् ।

नयाँ शक्ति पार्टी नेपालको आउँदो प्रदेशसभा र प्रतिनिधिसभाका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै भट्टाईले विकासका लागि गाडीको गतिमा नभई विमानको गति आवश्यक भएको बताउँदै त्यो आफ्नो पार्टीको नेतृत्वमा मात्र संभव हुने दाबी गरेका छन् ।

नयाँ शक्तिले काठमाडौंदेखि सगरमाथको वेसक्याम्पसम्म केबुलकार लैजाने लगायतका महत्वाकांक्षी योजना समावेश गरेको घोषणा पत्र सार्वजनिक गरेको छ ।

नयाँ शक्ति नेपालका घोषणापत्रमा अन्य महत्वाकांक्षी योजनाहरु समेटेको छ ।

नयाँ शक्ति पार्टी, नेपालले मुलुकलाई समृद्ध बनाउनका लागि ५ वर्षीय, १५ वर्षीय र २५ वर्षीय योजनामा समेत जोड दिएको छ ।

आगामी पाँच वर्षभित्रमा आम गरिवीको अन्त्य गरी मुलुकलाई विकासशील दिशामा स्तरोन्नति गर्ने, आगामी १५ वर्षभित्रमा दीगो विकासका लक्ष्यहरु हासिल गर्दै मध्यम आय भएका मुलुकको दर्जामा पुर्याउदै वेरोजगारीको अन्त्य गर्ने, आगामी २५ वर्षमा मुलुकलाई विकासको उन्नत र उच्चस्तरमा पुर्याई उच्च आय भएको अवस्थामा देशलाई दर्ज गराउने जस्ता महत्वकांक्षी योजना अघि सारिएको छ ।


घोषणापत्र सार्वजनि गर्ने क्रममा संयोजक भटईले नयाँ शक्तिको चुनाव चिन्ह आँखाले नै स्पष्ट दृष्किोण, स्पष्ट विचार र पारदर्शिता देखाएको भन्दै आफ्नो पार्टीलाई जिताउन अपिल गरेका छन् ।

पछिल्लो समय देखिएका उनका अस्थिर गतिविधिबारे पत्रकारको जिज्ञासामा भट्टाराईले वाम गठबन्धनमा जाँदा विशेष खाले प्रयोग गरिए पनि सफल नभएको भन्दै कुनै पनि हालतमा अब पछाडि नफर्किने दाबी गरे ।

उनले पछिल्लो समय नेपालमा वाम र लोकतन्त्रबारे अलग अलग रुपमा अपव्याख्या गरिएको बताए । लोकतन्त्र दक्षिणपन्थी र वामपन्थी दुबैले प्रयोग गर्ने सिद्धान्तलाई लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन भनी बेकारको कुरा गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah