https://www.youtube.com/watch?v=-eZm9sSzK78&feature=youtu.be
शरिर तातोपानीले डढेपछि दूइसाताभन्दा लामो समयसम्म आर्थिक अभावले उपचार नपाएकी उर्लाबारी नगरपालिका वडा नंं १ झारसादीकी २ बर्षिया बालिका आश्मा महत पूर्र्ण रुपमा निको भएकीछन् ।
दमकस्थित लाइफलाइन अस्पतालले उनको सम्पूर्ण उपचारको ब्यवस्था मिलाएको थियो । डा. अनिल थापाले बालिकाको शरिरको करिब ९ प्रतिशत भाग डढेको अवस्थामा रहेको र अहिले बालिकाका स्वस्थ भएकाले घर पठाइएको जानकारी दिए ।
आर्थिक अभावले उपचार नपाएकी बालिकाको स्थानीय सामाजिक अगुवा र सञ्चारकर्मीहरुको पहलमा लाइफलाइन अस्पतालले निशुल्क उपचारको ब्यवस्था मिलाएको थियो ।
अस्पतालका अध्यक्ष डा. तीलकचन्द्र शाह र सञ्चालक सदस्य भीम पौड्यालले बालिकाको सबै उपचार खर्च अस्पतालले ब्यवस्था गरेको जनाउदै बालिकाको बाँकी फ्लोअप पनि निशुल्क हुने जनाए ।
बालिकाकी आमा कुमारी महतले खुसिका आँशु झारेकी थिइन् । उनले आफ्नो बच्चा पूर्ण रुपमा स्वस्थ भएको र उपचारमा कुनै कमी नभएको भन्दै आफूहरुले यो गुन नबिर्सने बताइन् । अस्पतालका प्रशासक सिम्रिक गिरीले अस्पतालको गाडिमा नै हालेर बिरामीलाइ घर पुर्याइएको बताए ।
https://www.youtube.com/watch?v=-eZm9sSzK78&feature=youtu.be



