झापाः झापा अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्यु शङ्कास्पद भएको घटनामा दिएको किटानी जाहेरी उपर प्रहरी अनुसन्धान अपुरोे भएको भन्दै आफन्त र स्थानीय गाउँलेले शुक्रवार विर्तामोडमा निकालेको विरोध र्याली हिंसामा परिणत भएको छ । स्पिककर्नरले लेखेको छ ।

घटनामा झापा अर्जुनधारा–११ का ३२ वर्षीय नरेश थापाको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बताए । सिवाकोटीको मृत्यु प्रकरणमा झापा विर्तामोड–५ का सुरेश पोखरेल र उनका परिवारका आठजना सदस्यविरुद्ध किटानी जाहेरी दर्ता गरेको विर्तामोड प्रहरीले शुक्रवार आरोपीलाई अदालतमा बुझाउने तयारी गरेको थियो ।

बालकको शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयबासीले विहीवार मात्रै सङ्घर्ष समिति गठन गरेर आन्दोलन थालेका थिए । आन्दोलनको पहिलो दिन विर्तामोडमा शुक्रवार निकालिएको विरोध र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा स्थिति हिंसात्मक भएको हो ।

विरोध र्यालीमा अवरोध भएपछि आन्दोलनकारी ढुंगामुढामा उत्रिएका थिए । उनीहरुलाई तितरवितर पार्न प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको थियो । विर्तामोड प्रहरीका डीएसपी राजकुमार सिलवालले आन्दोलनदेखि नडराउने खालको अभिव्यक्ति दिएपछि प्रदर्शनकारीको आक्रोस् तीव्र भएको थियो ।

स्थिति असमान्य बन्दै जाँदा अपरान्हदेखि स्थानीय प्रशासनले विर्तामोडको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ । प्रदर्शनकारीले कफ्र्यू आदेश उलङ्घन गर्दै प्रहरी कार्यालयसँगै रहेको यान्त्रिक कार्यालयमा आगजनी गरेका छन् ।

को को छन् घाइते ?

प्रहरीले चलाएको गोली लागेर राजगढका सुनिल पाठक, अर्जुनधाराका पूर्ण लुइटेल, मेचीनगरका अशोक बस्नेत, कनकाई नगरपालिकाका नवराज कोइराला, विर्तामोडका देवानन्द राजवंशी र इलाम दानावारीका मणि नेपाली गम्भीर घाइते भएका छन् । घाइतेको विर्तामोडको बीएण्डसी टिचिङ अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई उपचारका लागि धरान पठाइएको छ । सामान्य घाइते हुनेको सङ्ख्या ५० भन्दाबढी छ ।

किन भयो आन्दोलन ?
प्रहरीले घटनाको गहिरो अनुसन्धान नगरी घटनाका आरोपी विर्तामोड–५ का सुरेश पोखरेललाई अदालतमा पेस गर्ने तयारी गरेको बुझेपछि आफन्त र गाउँलेले शुक्रवार विर्तामोड बन्दको आह्वान गरेका थिए । बन्द सफल पार्ने अभियानस्वरुप निकालिएको विरोध जुलुसमा प्रहरीले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

ट्राफिक प्रहरीमा आगजनी गर्ने प्रयास
आक्रोसित प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गर्ने प्रयास गरेका थिए । उनीहरुले प्रहरीभित्रै रहेका बेला टायर बालेर आगो लगाउने प्रयास गरेका हुन् । तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले ३५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

मेयरमाथि किन लगाइयो निशाना ?
प्रदर्शनकारीले विर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार सिवाकोटीको घरमा पनि तोडफोड गरेका छन् । घरको कम्पाउण्डभित्र राखिएको विर्तामोड नगरपालिकाको मे १ ज १२१ र नगर प्रमुख सिवाकोटीको निजी बा १० च ३०६१ नम्वरको गाडीमा उनीहरुले तोडफोड गरेका छन् ।प्रदर्शनकारीले नगर प्रमुख सिवाकोटीको घरमा पार्किङ गरेर राखिएको मे ७ प ३००० मोटरसाइकलमा आगजनी गरेका छन् ।

यस्तो थियो घटना
बिजयादशमीको दिन विहान असोज १४ गते आफन्तको घरमा जुत्ता लिन गएका ११ वर्षीय सिवाकोटीको शव भोलिपल्ट विहान विर्तामोड नगरपालिका–१ को बैशावाडीमा फेला परेको थियो । शरीरका विभिन्न भागमा चोट देखिनुका साथै अन्डकोष पनि काटिएको अवस्थामा शव फेला परेपछि आफन्त र गाउँलेले घटनालाई हत्या भन्दै गम्भीर छानविनको माग गर्दै आएका थिए ।

खेदीखेदी आक्रमण
प्रहरीले बाटोमा हिँड्ने सर्वसाधारणलाई पनि निशाना बनाएको छ । आन्दोलनमा सहभागी नभएकाहरु पनि प्रहरी ज्यादतीको सिकार भएका छन् । कतिपय व्यवसायीलाई पसलभित्रै पसेर प्रहरीले कुटेको थियो । हस्पिटलमा विरामी हेर्न गएकाहरु पनि परिसरमै कुटिएका छन् ।

डीएसपी सिलवाल मुख्य जिम्मेवार
बालकको मृत्यु प्रकरण लगत्तै जाहेरी लिएर आएका आफन्तलाई हप्काएर पठाउने डीएसपी सिलवालको कदम घटनाको मुख्य जिम्मेवार हो । सुरुमा उनले जाहेरी दर्ता गर्न नसक्ने जवाफ दिएर घटनालाई सामान्यकीकरण गर्ने जुन प्रयास गरे, त्यसैको आक्रोस हिंसामा परिणत भयो । घटनामा डीएसपी सिलवाल आर्थिक प्रलोभनमा फसेको पीडित पक्षको आरोप छ, यद्यपि यसको स्वतन्त्र पुष्टि हुने आधार छैन ।

किन भड्किलो आन्दोलन ?

पीडित पक्षले यसलाई शान्तिपूर्ण आन्दोलन भनेको थियो । न्यायका लागि जनसमर्थन जुटाउने उद्देश्य राखेको संघर्ष समितिले यसको पूर्वानुमान किन गर्न सकेन् ? जवकि स्थिति असामान्य बन्दै गएपछि संघर्ष समितिले आन्दोलनको कमाण्ड गर्न नसक्नुका पछाडि के के कारण छन् ? आन्दोलनको कमाण्ड गर्ने जिम्मेवारी कसको थियो ? यी र आदि प्रश्नको उत्तर अनुत्तरित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah