बिर्तामोडमा प्रहरी र प्रर्दशनकारी बिच भएको घटनालाई लिएर दुवै पक्ष बिच सात बुँदे सहमति भएको छ । शुक्रवार दिनभर भएको घट्नालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा बसेको बैठकमा झापा प्रशासन र पिडित पक्ष बिच भएको लामो छलफल पश्चात सात बुँदे सहमति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र वस्नेतले दिएको जानकारी अनुसार बिर्तामोड नगरभित्र अमनचयन कायम राख्न सवै राजनैतिक दल, संघसंस्थाले आ–आफनो क्षेत्रवाट समन्वय गर्ने, गृह मन्त्रालयले सहसचिव वीरेन्द्रकुमार कुमार यादवको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।
उक्त समितिलाइ शक्रुवार भएको घट्नाको अनुसन्धान गर्न सवै पक्षले सहयोग गर्ने, घट्नाको गहिरो चिन्ता व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने, घट्नामा घाइते भएका व्यक्तिहरुको निशुल्क उपचारको व्यवस्था मिलाउने एवं मृतकको परिवारलाई राहत तथा क्षतिपूर्तिको लागि गृहमन्त्रालयमा पत्रचार गर्ने, पक्राउ परेका मध्ये अराजनितिक र तोडफोडमा संलग्न नभएकालाई तत्काल रिहा गरिने र मृतक बालक लक्ष्मण सिवाकोटीको विषयमा गृहवाट आएको छानविन टोलीले अनुसन्धान तथा छानविनमा सवैले सहयोग पुर्याउने सहमती भएको जनाएका छन् ।
तर, कफ्र्यू भने जारी राखिएको डिएसपी वस्नेतको जानकारी गराए । छलफलमा पीडित पक्षका जाहेरवाला, सुरक्षा निकायका प्रमुख, झापाका राजनीतिक दल, उद्योग वाणिज्य संघ, अर्जुनधारा नगरपालिका प्रमुख रहेको जनाइएको छ । सहसचिवको संयोजकत्वमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिआइजी र राष्ट्रिय अनुसन्धान निर्देशक रहने गरि चार सदस्य छानविन टोली गठन भएको र टोली शनिवार झापा आएर काम सुरु गर्ने छन् ।




