काठमाडौं । आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरुले प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अन्तिम चरणमा पुर्याएका छन्।
एमाले–माओवादीको वाम गठबन्धनले १ सय २८ निर्वाचन क्षेत्रमध्ये १ सय बढीको टुंग्याएर प्रतिवेदन बुझाएको छ। कार्यदलको प्रतिवेदनका आधारमा अब एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्मिलित पार्टी एकता संयोजन समितिले टुंगो लगाउने जनाएको छ ।
प्रमुख सत्तारूढ दल कांग्रेसले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सिटमा चुनाव लड्ने केन्द्रीय नेताहरूको निर्वाचन क्षेत्र तय गरेको छ । राजपा र संघीय समाजवादी फोरमसित चुनावी तालमेलको हने भएपछि गठबन्धनमा आबद्ध दलबीच सहमति जुटाउने प्रयास भईरहेको कांग्रेसले बताएको छ ।
कांग्रेस, एकाले र माओवादीले शीर्ष नेताहरुको चुनावी क्षेत्र भने निर्धारण गरिसकेका छन ।



