झापाको कमल गाँउपालिकाको चालु आर्थिक बर्षको बजेट ३३ करोड ३३ लाख ७३ हजार ६ सय रुपिया रहेको छ । गाँउपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले प्रथम गाँउसभामा यो बजेट प्रस्तुत गरेकाहुन् ।
शिवाकोटीले ग्रामिण क्षेत्र भएकाले कृषि तथा पशुबिकासमा आधारित रहेर बजेट निर्माण गरिएको बताउदै कार्यन्वयनमा सबैको सहभागिता शुनिश्चित गरिने जनाएका थिए ।
गाँउपालिकाले किसानहरुलाइ प्रोत्साहित गर्ने कार्यक्रमहरुमा ध्यान दिएको जनाउदै उनले बजेटमा सबै क्षेत्र समेटिएको जानकारी दिए । सबैभन्दा बढि बजेट शिक्षा क्षेत्रमा रहेको छ ।
बजेट प्रस्तुत गर्नु अघि गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । गाँउ पालिकाले प्रसुती केन्द्र स्थपना लगायतका केहि महत्वकाक्षि कार्यक्रमहरु समेत ल्याएको छ ।
सभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेटबारे छलफल गरी सर्वसम्मत अनुमोदन गरिएको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष काफ्लेको अध्यक्षतामा समपन्न गाउँपरिषद् बैठकको सञ्चालन कार्यकारी अधिकृत राजकुमार शाक्यले गरेका थिए ।



