सवालनेपाल डेक्स
दमक/नेपाली राजनीतिमा चर्चित ब्याक्ति नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पार्टी भित्र हारेकाछन् । उनले अन्तिम समयसम्म झापा क्षेत्र नं. ३ नछाड्ने अडान लिएका थिए ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सिटौलाको नाम समानुपातिक सूचिमा हालेपछि सिटौलाले यसको कडा शब्दमा बिरोध गरेका थिए । उनले आफू झापा ३ नछाड्ने पनि बताएका थिए ।

कतिपयले सिटौलाले बाहिर कार्यकर्तामा निराशा नआओस भनेरमात्र यस्तो बताएको र राप्रपासंग चुनावी गठबन्धनलाइ स्वीकार गरेको पनि बताएका थिए । सिटौलाले भने सार्वजनिक रुपमा असन्तुष्टिलाइ पोखिरहेका थिए ।

राजनीतिमा एउटा प्रभावशाली ब्याक्ति सिटौला प्रत्यक्ष निर्वाचन लड्नबाट बञ्चित भएकाछन् । राप्रपाले सुरकारमा जानु अघि र चुनावी तालमेल भइरहदा सबैभन्दा पहिलो शर्त झापा ३ लाइ नै बनाएको बताइन्छ ।

राजेन्द्र लिङ्देन बने हिरो

सिटौलाको क्षेत्र आफ्नो कब्जामा लिएपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन चर्चामा रहेकाछन् । स्पष्टबक्ता र राम्रो नेताको छबि बनाएका उनले सिटौलाले बिस्थापित गरेर आफू त्यो ठाँउबाट उठ्ने निश्चित नै भएको छ । यसले उनलाइ राजनीतिमा हिरो बनाएको छ ।

दोश्रो संबिधानसभा निर्वाचनमा उनि सिटौलासंग नै पराजित भएका थिए । उनि यस पटक काँग्रेसको समर्थनमा साँसद बन्नेमा ढुक्क रहेकाछन् । यस क्षेत्रमा काँग्रेस पहिलो शक्ति र राप्रपा दोश्रो शक्ति भएकाले सहज जित हासिल गर्ने आकलन लिङ्देनको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah