गोरखा: चुनावी तालमेल गरेका नेपाली काङ्ग्रेस र नयाँशक्ति नेपालले गोरखामा अलग अलग चुनावी प्रशिक्षण कार्यक्रम गरेका छन्। तालमेल गरेको भनिएपनि दुईपार्टीले शनिबार फरक फरक ठाउँमा प्रशिक्षण कार्यक्रम गरेका हुन्।स्रोतका अनुसार काङ्ग्रेसले विपी गणेशमान स्मृति भवनमा र नयाँशक्तिले होटल गोरखा प्यालेसमा प्रशिक्षण कार्यक्रम गरेका थिए।

काङ्ग्रेसले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले करिब आधा घण्टा सम्बोधन गरेका थिए।नयाँशक्तिले आयोजना गरेको कार्यक्रममा पनि चीनकाजी श्रेष्ठले करिब आधाघण्टा सम्बोधन गरेर फेरि अलगअलग कार्यक्रममा सहभागी थिए।

काङ्ग्रेसको प्रशिक्षणमा क्षेत्र नं. २ का उम्मेद्वार बाबुराम भट्टराईले जयनेपाल भनेर सम्बोधन गर्न सुरु गरेका थिए। साथै उनले सशस्त्र युद्ध काङ्ग्रेसलाई सिध्याउन नगरिएको दाबी गरे। ‘काङ्ग्रेसले आँखा चिन्हमा र नयाँशक्तिले रुखचिन्हमा भोट हाल्दैनन् भन्ने प्रतिपक्षीहरुले दुश्प्रचार छरेका छन्। त्यस्तो होइन।

क्षेत्र नं. २ का मतदाताले समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ उनले भने ‘हामीले बामलोकतान्त्रिक धार अघि बढाएका हौं । राष्ट्रिय औद्योगिक पुँजीवादलाई टेकेर समाजवादमा पुग्ने हाम्रो लक्ष्य हो।’ उनले नयाँशक्तिका मतदाताले क्षेत्र नं. १ मा प्रत्यक्षतर्फका उम्मेद्वार काङ्ग्रेसका चीनकाजी श्रेष्ठलाई नै मतदान गर्ने स्पष्ट पारे।
त्यस्तै नयाँशक्तिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै क्षेत्र नं. १ का काङ्ग्रेसका उम्मेद्वार चीनकाजी श्रेष्ठले बाबुराम भट्टराईको प्रसंसा गर्दै काङ्ग्रेसले भट्टराईलाई मतदान गर्ने बिषयमा शंका नगर्न स्पष्ट पारे।

‘बाबुराम भट्टराई संसदका लागि चाहिने ब्यक्तित्व हो’ उनले भने ‘नयाँशक्ति नेपाललाई राष्ट्रिय पार्टी बनाउन काङ्ग्रेस चाहन्छ। त्यसैले क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ काङ्ग्रेसले आँखामा भोट हाल्छ । समानुपातितर्फ रुखमै हाल्छन्। यसमा शंका छैन।’
यसअघि शुक्रबार कुन्दुरटारमा एमाले र माओवादी केन्द्रको संयुक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा माओवादी केन्द्रका नेता एवं क्षेत्र नं. २ का उम्मेद्वार नारायणकाजी श्रेष्ठले र एमालेका नेता तथा क्षेत्र नं. १ प्रदेश खका उम्मेद्वार रामशरण बस्नेतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah