काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोजनास्थलमै आई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिकांश प्रमुखले बेवास्ता गरेका छन् ।
जलविद्युत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ। आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन् ।
आजको नागरिकमा खबर छ-केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान पटकपटक निर्देशन दिईसकेको छ । प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविद्युत उत्पादन तथा प्रसारण लाईन आयोजना प्रमुखलगायत कर्मचारीलाई अयोजनास्थलमै बस्न पटकपटक आग्रह गरेको हो ।
तर आयोजना प्रमुखहरू कार्यकारी प्रमुख कुलमान घिसिङको निर्देशन अवज्ञा गर्दै अाएका छन् । त्यस्तो क्षेत्रमा नगइ आफूलाई पायक पर्ने स्थानमा बस्दै आएका छन् ।



