उपेन्द्र यादव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन रोक्ने दुस्प्रयास नगर्न चेतावनी दिएका छन् । झापाको दमकमा बृहत् पार्टी प्रवेश तथा निर्वाचन परिचालन अभियान उद्घाटन गर्दै अध्यक्ष यादवले भने -‘अहिले सर्वोच्च अदालत गुहारेर केही शक्तिहरु निर्वाचन रोक्ने दुस्प्रयासमा लागेका छन् । मुलुक चुनावी माहोलमा प्रवेश गरिसकेको बेला निर्वाचन रोक्नु अपराध हो ।’

ससफो नेपालले संविधान स्वीकार नगरेको भन्दै यादवले संशोधन वा पूनर्लेखन कार्य गर्न पार्टीले राखेको माग कायमै रहेको जिकिर गरे । अब हुने निर्वाचनले प्रतिनिधिसभा र प्रदेशसभा गठन गर्ने भएकाले पेचिलो ढङ्गले संघीयता र पहिचानको मुद्दा उठान हुने भन्दै यादवले भने -‘हामी निर्वाचनबाट जनतालाई समानता र शोषण विरुद्धको अभियानमा संलग्नता गराउने छौं ।’

देश सबैको साझा हो भन्नेहरुले जनताले पहिचान र अधिकार माग्दा गोली ठोक्नु लोकतन्त्र र मानव अधिकारकै उपहास हो भन्दै यादवले जनताले अधिकार पाउँदा देश नटुकृने दावी गरे । कांग्रेस र एमालेले निजीकरणका नाउँमा सिध्याउन बाँकी राखेका मुलुकको उद्योग धन्दा माओवादीले क्षणभरमै समाप्त पारेर नेपाललाई विश्वकै गरिब बनाएको आरोप लगाउँदै यादवले अब मुलुकको समृद्धि संघीय समाजवादी फोरमले जितेपछिमात्रै सम्भव हुने जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah