सिरहाको कर्जन्हा नगरपालिका २ मा आफ्नै भाईको हत्या आरोपमा पक्राउ परेकी प्रियंका यादवले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् ।
१६ वर्षीया प्रियंका यादवले विष्णुपुर प्रहरी चौकीको हिरासत कक्षको बाथरुममा आइतबार साँझ आत्महत्या गरेकी हुन् । प्रहरीले पाँच घण्टा नवित्दै हिरासतमै आत्महत्या गरेको प्रहरीले बताएको छ ।

बालक हत्यामा संलग्न आरोपमा धनुषा धनौजीकट्टी—५ का १४ वर्षीय सञ्जयकुमार साह र सिरहा कर्जन्हा—२ की १६ वर्षीया प्रयंका यादवलाई आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।
हिरासत कक्षबाट सेन्ट्रीलाई भनेर नुहाउन बाथरुम छिरेकी उनी ननिस्किएपछि खोजी गर्दा भेन्टीलेसनको ग्रिलमा सलले झुण्डिएको अवस्थामा अपराह्न साढे चार बजेतिर मृत अवस्थामा भेटिएको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताउनुभयो । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।



