बिष्णुप्रसाद पोखरेल
दमक/झापाको राजनीति सरगर्बि तातेको छ । राप्रपा र काँग्रेसबीचको चुनावी तालमेलमा आएको एकाएक परिवर्तनले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाइ धक्का लागेको छ ।

काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले क्षेत्र छाड्ने नमानेपछि सभापति देउवा नै हार खाएकाछन् । अब सिटौला झापा क्षेत्र नं. ३ बाट उम्मेदवार बन्ने निश्चित बनेको काँग्रेसका एक नेताले बताएकाछन् ।

लिङ्देनले पनि यो क्षेत्र छाड्ने सम्भावना न्यून रहेको बताईन्छ । यसे घटनाक्रमले यहाँको चुनावी भिडन्त रोचक बन्ने देखिएको छ ।

यसले राप्रपासंग काँग्रेसको चुनावी तालमेल समेत संकटमा पर्ने देखिएको छ । राप्रपाले देशभरमा नै सबैभन्दा पहिला यो क्षेत्र सुरक्षाको माग गरेको थियो ।

राप्रपामा सरकारमा आउदा समेत यो क्षेत्र राप्रपालाइ छाड्ने सहमतिका साथ आएको तर अहिले काँग्रेसबाट धोका भएको एक राप्रपाका पदाधिकारीले बताएकाछन् । यद्यपि काँग्रेसले यस बारे अझै सोच्ने ति पदाधिकारीले बताए ।

राप्रपा र काँग्रेसबीच सहमति कायम गर्नका लागि दिनभर बार्ता र छलफल भएपनि सिटौलाले आफू आफ्नो क्षेत्र छाड्न नसक्ने बताएपछि पार्टी सभापति देउवा नै हार खाएको बताइन्छ ।

भोली समानुपातिकको बन्दसूचि सच्याउने समय रहेकाले सिटौलाको नाम फिर्ता भएको अवस्थामा मात्र निश्चित हुने भन्दै राप्रपा अझै पनि आशाबादी रहेको बुझिएको छ । तर सिटौलाको नाम समानुपातिकबाट हटाइने तयारी भएको काँग्रेस श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah