नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश नम्वर २ मा प्रतिनिधि सभा र प्रदेश सभाका सिट बाँडफाँट गरेका छन् । कार्यदलले लगाएको भागबण्डालाई आज साझ बसेको शिर्ष नेताको बैठकले टुंगो लगाएको स्रोतले बताएको छ ।
अन्य स्थानको बाँडफाँटका लागी अहिले पनि शिर्ष नेताहरुको बैठक चलिरहेको छ ।
प्रदेश नम्वर दुई मा प्रतिनिधि सभा तर्फ माओवादीले १५ र एमालेले १३ सिट लिएका छन् भने ३ सिट स्वतन्त्र उम्मेद्धारका लागी छाडिएको छ । यस्तै प्रदेश सभामा एमालेले ३० र माओवादी केन्द्रले २८ सिट पाएका छन् । यद्यपी यो सख्या केही हेरफेर हुन सक्ने बताइएको छ ।
बाम गठबन्धनले धनुषा क्षेत्र नम्बर ३, महोत्तरी २ र सर्लाहीको २ नम्वर स्वतन्त्रलाई छाडेका छन् । धनुषा ३ बाट नेपाली काग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि उठ्दै हुनुहुन्छ ।



