आगामी प्रतिनिधि सभा र प्रदेश सभाका लागी नेपाली काग्रेसले आफ्नो घोषणापत्र जारी गरेको छ । घोषणापत्र मुख्तय कम्युनिष्ट पार्टीका विरुद्ध र विकासमा लक्षित गरिएको छ । ८४ पृष्ठ लामो घोषणापत्रमा कम्युनिष्टहरु साम्यवाद ल्याउने चेष्टामा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सत्ता स्वार्थका लागी अस्थिर राजनीतिक खोज्ने पार्टी भएको बताएको छ ।
यस्तै मधेश आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ, घोषणा पत्रमा भनिएको छ । कम्युनिष्टहरु लोकतन्त्रका पक्षमा कहिल्यै निष्ठापूर्वक उभिदैनन् – तिनले केवल लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छन् । कम्युनिष्टहरु आर्थिक विकासका लागि आवश्यक पर्ने निजी क्षेत्रको लगानी र क्षमतामाथि भरोसा गर्दैनन्–तिनले केबल राज्यवल प्रयोग गरेर नियन्त्रण गर्न खोज्छन् । कम्युनिष्टहरु शान्तिका पक्षधर हुँदैनन्– तिनले हिंसा, व्यक्ति हत्या र राज्य आतंक सिर्जना गर्ने गर्छन् । कम्युनिष्टहरु बहुलवाद, वहुविचार र वहुदलीयतालाई हृदयबाट स्विकार गर्दैनन्, तिनले एकदलीय निरंकुश कम्युनिष्ट शासनको वकालत गर्दछन्, भनिएको छ ।
नेपाली कांग्रेसले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने बाचा घोषणापत्रमा गरेको छ । प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा आश्रम बनाउने र आवास, भोजनदेखि सबै सेवा निःशुल्क उपलब्ध गराउने बताएको छ । साथै कांग्रेसले नेपाली समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन संकल्प पनि व्यक्त गरेको छ । विगत २५ वर्षमा नेपाली कांग्रेसले के के विकास गर्यो भन्ने फेहरिस्थ घोषणापत्रमा दिइएको छ । २५ वर्षको अवधिमा विद्यालय र कलेजहरुको संख्या बढेको देखाउँदै त्यो संख्यावृद्धि कांग्रेसका कारण भएको दाबी गरिएको छ ।
काग्रेसले भोली दिउसो एक कार्यक्रम गरी पार्टी कार्यलय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने बताएको छ ।
घोषणापत्रको पूर्ण पाठ : –



