बिष्णुप्रसाद पोखरेल/दमक

झापाको गौरादहमा यसैबर्षदेखि कृषि क्याम्पस शुरु हुने भएपछि स्थानीयहरु खुसि भएकाछन् । कृषि क्याम्पस यसै बर्षदेखि सञ्चालन गर्न आवश्यक तयारी समेत शुरु भइसकेको जानकारी गराइएको छ । गौरादह बहुमुखि क्याम्पसलाइ कृषि क्याम्पसको रुपमा बिकास गरिने भएको हो ।

झापा क्षेत्र नं. ६ का निवर्तमान साँसद दीपक कार्कीका अनुसार यसै शैक्षिकशत्रबाट पठनपाठन शुरु हुने भएपछि  स्थानीयहरु खुसि भएको बताउनु भयो । यहाँ कृषि क्याम्पस स्थपना हुने भएपछि कृषि बिषय गाँउमा नै पढ्न पाउने अवस्था आउने भन्दै बिद्यार्थी तथा अभिभावकहरु खुसि भएको कार्कीको भनाइ रहेको छ ।

झापा नेपालको कृषि भण्डार मानिए पनि यहाँ सामान्य प्राविधिक बिषय बाहेक केहि पनि यहाँका किसानका छोराछोरीहरुले पढ्न पाएका थिएनन् । त्रिभुवन विश्वबिधालय कृषि शाखाका डिन केशव अधिकारी लगायतको टोलीले गौरादह आएर आवश्यक तयारी सहित निर्देशन दिएको कार्कीले जानकारी दिनु भयो ।

यसले स्थानीयमा समेत उत्साह आएको कार्कीको भनाइ छ । गौरादह क्याम्पसमा भएको छलफलबाट यसै शैक्षिकसत्र बाट ५० जना विद्यार्थी भर्ना गरि सुचारु गर्ने जानकारी दिनु भएको र त्यसै अनुसार तयारी शुरु भएको उहाँको भनाइ रहेको छ ।  गौरादह नगरपालिका वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार त्रिभुवन बिश्वबिद्यालय कृषि शाखाले क्याम्पसलाइ तयारी शुरु गर्नका लागि निर्देशन दिइसकेको छ ।

नेपाल सरकारबाट ३ करोड बजेट बिनियोजन भएकोमा कृषि शाखामा १ करोड बजेट आइसकेको यहाँ भएको छलफलमा डिन अधिकारीले जानकारी दिनु भएको भण्डारीले बताउनु भयो ।

गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहका अनुसार यसै बर्षदेखि कृषि क्याम्पस शुरु हुने निश्चित भएको छ । यसका लागि सबै ब्वस्थपान गर्ने काम भइरहेको जनाउदै कृषि पढ्न इच्छुक बिद्यार्थीहरुका लागि अब गौरादह एउटा शैक्षिक गन्तब्य बन्ने बताउनु भयो । त्रिभुवन बिश्वबिद्यालय कृषि शाखाले सञ्चालनका लागि निर्देशन दिइसकेकाले अब निश्चिन्त भएर ब्यवस्थापन शुरु गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah